विसं १९९० को महाभूकम्प

(१९९०को महाभूकम्पबाट अनुप्रेषित)

वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा प्रलयदूत महाभूकम्प गएको थियो। त्यस दिन सूर्य, चन्द्र, मङ्गल, बुध, शनि, राहु र शुक्र समेत मकरराशिमा सातओटा ग्रह एकै रेखामा परि गोलयोग परेको कुरा पहिले नै ज्योतिषीहरूले उत्पातको भविष्य भनेका थिए।[३]

१९९० को महाभूकम्प
विसं १९९० को महाभूकम्प is located in नेपाल
विसं १९९० को महाभूकम्प
युटिसी समय??
म्याग्निच्युड८.२ Mw
गहिराइ३३.० किलोमिटर (२१ माइल)
अधिकेन्द्रपुर्वी नेपाल केन्द्रबिन्दु
प्रभावित क्षेत्र • नेपाल
 • भारत
 • चीन
अधिकतम् तीव्रता८.२ रेक्टर स्केल
सुनामीन आएको
मानवीय क्षति१६८७५ मृत्यु ,३३१९ [१][२] घाइते नेपालमा र बिहारमा ७२५३

यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भए ।[४] पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव भएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।[५]

यसबाट काठमाडौ उपत्यकामा आधुनिक किसिमबाट पुननिर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चादी लिइ डेढ करोड बराबरका मुद्रा गराएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Encyclopedia of Disasters: Environmental Catastrophes and ..by Angus Macleod Gunn - 2008
  2. Advanced Soil Dynamics and Earthquake Engineering by Bharat Bhushan Prasad - 2011- Page 14
  3. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २६० ।
  4. "बृहत ज्ञान् कोश"
  5. दीक्षित, कमल (माघ १७, २०७१), "मजलिसको आँखा–७ (१९९० को भैंचालो)", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 


बाह्य कडी सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्