होलेसुङ-जनकराज राई मार्ग

होलेसुङ-जनकराज राई मार्ग हलेसी तुवाचुङ नगरपालिकादुर्छिम छापडाँडा मा रहेको‘दलश्वर राई’ चोक बरभञ्ज्याङबाट साल्तेम्मा, चुमाखु, चुमाखभन्ज्याङ, हात्तिढुंगा, पिपले, गणेशटार, वानाम्ला गाउँ हुँदै सुनकोशी किनारको बतासेघाट मा जोडिएको १२.१ किलोमिटर सडक मार्ग हो । यो मार्ग खोटाङको चर्चित धार्मिकस्थल हलेसी महादेव देखि दक्षिणतर्फ सुनकोशीको बतासेघाटमा जोडिएको मार्ग उदयपुरको लिम्चुङबुङ गाउँपालिका तर्फसमेत सडकजोडिएको छ। त्यसैगरी यो मार्ग हलेसी महादेवस्थान उत्तरतर्फ दुधकोशी हुँदै ओखलढुंगासोलुखुम्बुतर्फ जोडिएको छ । पूर्वी तराई देखि पर्यटकीयस्थल हलेसी हुँदै सगरमाथा पुग्ने छोटो दुरीको सडकहो । २०६९ देखिसुरु भै हाल सम्पन्न भएको छ। मध्यपहाडी लोकमार्ग (पुष्पलालमार्ग) ले हलेसी महादेवस्थान जोडेको छ भने प्रस्तावित होलेसुङ-जनकराज राई मार्गले दक्षिण-उत्तरतर्फसमेत जोडेको छ ।