गोपाल प्रसाद रिमाल
गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उ वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेको हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै जस कमाउनेमा उनी पनि एक हुन् ।[१][२]
गोपाल प्रसाद रिमाल | |
---|---|
![]() गोपाल प्रसाद रिमाल | |
जन्म | १९७५ जेठ १८ लगनटोल, काठमाडौँ, नेपाल |
मृत्यु | वि.सं. २०३० कार्तिक ८ |
वासस्थान | काठमाडौँ, नेपाल |
पेशा | साहित्यकार |
सन्तान | मनोहर प्रसाद रिमाल (छोरा) |
मातापिता | उमाकान्त रिमाल |
गोपालप्रसाद रिमालको जीवनीसम्पादन
बाल्यकालसम्पादन
रिमालको जन्म वि.सं. १९७४ जेठ १३गते लगनटोल, काठमाडौँमा भएको थियो। उनको बुवाको नाम उमाकान्त रिमाल हो।
शिक्षासम्पादन
उनी वि.सं १९९१ सालक प्रवेशिका परिक्षाको बोर्ड प्रथम] हुन। उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरे।
साहित्यिक यात्रासम्पादन
रिमालको प्रकाशित रचना वि.सं. १९९२मा शारदामा "प्रति" शीर्षकको कवितालाई मानिन्छ। ===व्यक्तिगत जीवन=== गो
निधनसम्पादन
उनको निधन वि.सं. २०३० कार्तिक ८ गते काठमाडौँमा भएको थियो।
कृतिहरूसम्पादन
- ) मसान (नाटक, वि.सं. २००३)
- ) यो प्रेम (नाटक,लेखन २००२, प्रकाशन वि.सं. २०१५)
- ) आमाको सपना (कविता सङ्ग्रह २०१९)
उनको मसान समकालिन साहित्यमा चर्चित नाटक हो। आमाको सपना कवितासङ्ग्रह लगायतका उनका विभिन्न कृतिहरू प्रकाशित छन्। चर्चित नेपाली गीत " रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो" यिनैले लेखेका हुन्।
पुरस्कार, मान-सम्मान, पदकहरूसम्पादन
- वि.सं. २०१९ को मदन पुरस्कार आमाको सपना का लागि प्राप्त भएकाे[३]
- वि.सं. २०३० मा 'त्रिभुवन पुरस्कार' प्राप्त भएकाे
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाण्डौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
- ↑ [१]
- ↑ मदन पुरस्कार गुठी