हरित फिस्टो फिस्टो प्रजाति अन्तर्गत पर्ने एक चरा हो। यसले युरेसिया, हिमालय र उत्तरी अफ्रिकामा प्रजनन गर्दछ। यो चरा बसाइँसराइ गरिरहने चराहरू मध्ये एक हो। यसले जाडो याममामा मुख्यतया उष्णकटिबन्धीय दक्षिण एसिया र दक्षिण-पूर्वी एसियामा पाइन्छ भने पश्चिमी युरोपमा पनि यो थोरै सङ्ख्यामा पाइन्छ।

हरित फिस्टो
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Leaf warbler
वंश: Leaf warbler
(Blyth, 1842)
प्रजाति:
P. inornatus
वैज्ञानिक नाम
Phylloscopus inornatus
(Blyth, 1842)
Range of P. inornatus
  Breeding
  Passage
  Non-breeding
पर्याय

Regulus inornatus Blyth, 1842

हरित फिस्टो

सन् १८४२ मा अङ्ग्रेजी प्राणीशास्त्री एडवर्ड ब्लाइथले हरित फिस्टोको वर्णन गरेका थिए र यसको वैज्ञानिक नाम रेगुलस इनोर्नाटस राखिएको छ।[][]

परिस्थिति विज्ञान र विवरण

सम्पादन गर्नुहोस्

अधिकांश फिस्टोहरू जस्तै, यो कीटभक्षी हो। यसले गुँड प्राय रूख वा घना वनस्पतिमा निर्माण गर्दछ। दुई देखि चार (कहिलेकाहीं अधिक) अण्डाहरू राखिन्छ। ११-१४ दिन अण्डाबाट छि चल्ला निस्कन्छ, १२-१३ दिनको उमेरमा चल्लाहरू स्वतन्त्र हुन्छन्।[]

यो पर्वतीय वनमा पाइने चरा हो। विशेष गरी जाडोमा यो अधिक खुला जङ्गलमा पनि पाउन सकिन्छ। यसको प्रजनन दायरा युराल पर्वतको पश्चिमबाट पूर्वतिर पूर्वी साइबेरिया, मङ्गोलिया र उत्तरपूर्वी चीनसम्म फैलिएको छ। यसको शीतकालीन बासस्थान तल्लो भेगको चौडा पात भएको वन वा कोणधारी वन हो। यसलाई पूर्वोत्तर भारतको पश्चिम बङ्गाल र आसामदेखि दक्षिण चीन हुँदै ताइवान सम्म, र बङ्गलादेश हुँदै दक्षिणमा मलय प्रायद्वीपसम्म पाउन सकिन्छ। ग्रीष्मऋतुमा, यो २,४४० मिटरसम्मको उचाइमा र जाडोमा १,५२५ मिटरसम्मको उचाइमा पाइन्छ।[]

हालैका दशकहरूमा युरालहरूको पश्चिममा युरोपेली प्रजनन जनसङ्ख्या पश्चिमतिर बढेको छ। सन् १९५० मा यसलाई 'एकदम दुर्लभ चरा'को रूपमा वर्णन गरिएको थियो, तर १९९० मा ४५,०००-४६,००० जोडीहरूको साथ 'स्थानीय रूपमा प्रचुर मात्रामा पाइएको' भनेर वर्णन गरिएको थियो।[]

यसको सानो सङ्ख्या, सम्भवतः प्रजनन दायराको पश्चिमी भागबाट, पश्चिमी युरोपमा नियमित रूपमा जाडो भइरहने क्षेत्रहरूमा पुगेको पाइन्छ। युरालहरूबाट ३,०००-३,५०० किलोमिटरको बसाइँसराइ पछि सेप्टेम्बर र अक्टोबरको अन्त्यमा बेलायत आइपुग्छन्, जुन दक्षिणपूर्वी एसियाको सामान्य शीतकालीन क्षेत्रहरूमा पुग्नको लागि ५,५००-६,००० किलोमिटर भन्दा धेरै कम दूरी हो। यस जनसङ्ख्यामा सही सङ्ख्या अज्ञात छ, तर सामान्यतया धेरै सय प्रत्येक शरद ऋतुमा बेलायतमा आइपुग्छन्। विगतमा व्यापक रूपमा घुमन्ते मानिएका यी चराहरू अहिले सामान्य नियमित बसाइँसराइ गरिरहेका छन्, जसले जाडोको लागि युरोपको पश्चिमी किनारामा हल्का समुद्री जलवायु जाडोको फाइदा उठाउन सक्षम छन्।[]

यसको अधिकांश विस्तृत दायरामा पाइने यस सामान्य प्रजाति, हरित फिस्टोलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले असुरक्षित मानेको छैन।[]

चञ्चले फिस्टोले पश्चिमी सायन पर्वतमा हरित फिस्टोको साथ यसको प्रजनन दायरालाई समेट्दछ। तिनीहरूको वंश लगभग २० लाख ५० हजार वर्ष पहिले अलग भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. BirdLife International. (२०१९), "Phylloscopus inornatus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T२२७१५३१०A१४६६३८८८६, डिओआई:10.2305/IUCN.UK.2019-3.RLTS.T22715310A146638886.en, अन्तिम पहुँच ७ अक्टोबर २०२१ 
  2. Mayr, Ernst; Cottrell, G. William, सम्पादकहरू (१९८६), Check-list of Birds of the World. Volume 11, Cambridge, Massachusetts: Museum of Comparative Zoology, पृ: २४०। 
  3. Blyth, Edward (१८४२), "Notes on various Indian and Malaysian birds", Journal of the Asiatic Society of Bengal 11 (1): १९१। 
  4. ४.० ४.१ Hoyo, J. del, सम्पादक (२००६), Handbook of the Birds of the World, vol. 11, Barcelona: Lynx Edicions, पृ: 660, आइएसबिएन 84-96553-06-X 
  5. Snow, D. W.; Perrins, C. M. (१९९८), The Birds of the Western Palearctic (Concise संस्करण), Oxford: Oxford University Press, आइएसबिएन 0-19-854099-X 
  6. Gilroy, J. J.; Lees, A. C. (२००३), "Vagrancy theories: are autumn vagrants really reverse migrants?", British Birds 96: 427–438। 
  7. BLI (2008)
  8. Ernst (1996), Irwin et al. (2001)