हरिकृष्ण कार्की (जन्मः २०१५ भदौ २५) नेपालका एक न्यायाधीश, नेपाल राज्यका पूर्वमहान्यायाधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हुन् । हाल उनी नेपालको सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश छन्।[१] बीचैमा आकस्मिक कारण नपरेमा उनले २०८० भदौ १४ सम्म सर्वोच्चमा न्याय सम्पादन गर्न पाउनेछन् ।[२]

हरिकृष्ण कार्की
सर्वोच्च अदालत
पद बहाली
१ अगस्ट २०१६
व्यक्तिगत विवरण
जन्म (1958-09-10) १० सेप्टेम्बर १९५८ (उमेर ६५)
ओखलढुंगा, नेपाल
पेशाकायममुकायम प्रधानन्यायाधीश
वेबसाइटhttps://supremecourt.gov.np/

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

कार्कीको जन्म २०१५ भदौ २५ मा ओखलढुंगामा भएको हो।[३]

क्यारियर सम्पादन गर्नुहोस्

२०६९ माघदेखि चार वर्षका लागि नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका कार्की कार्यकाल पूरा नगरी २०७२ असोज २८ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए ।[४] महान्यायाधिवक्ता छँदाछँदै उनी २०७३ साउन १२ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।[५] [६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्