हमीरपुर जिल्ला, हिमाचल प्रदेश

हमीरपुर जिल्ला भारतीय राज्य हिमाचल प्रदेशको एउटा जिल्ला हो।

हमीरपुर जिल्ला भारतको हिमाचल प्रदेशमा पर्छ। यस जिल्लाको सदरमुकाम हमीरपुर सहरमा अवस्थित छ। १,११८ वर्ग किलोमिटर वा ४३२ वर्ग माइल क्षेत्रफलमा फैलिएको यो जिल्ला हिमाचल प्रदेशको सबैभन्दा सानो जिल्ला हो।[१]

हमीरपुर जिल्ला
शीर्ष: कटोच दरबार, तिरा सुजनपुर
तल: रंगार गाउँबाट हिमालको दृश्य
हिमाचल प्रदेशमा स्थानको अवस्थिति
हिमाचल प्रदेशमा स्थान
नक्सा
हमीरपुर जिल्ला
निर्देशाङ्क (हमीरपुर): ३१.६७९८° उत्तर, ७६.५०२६° पूर्व
देश भारत
राज्यहिमाचल प्रदेश
स्थापनासन् १९७२
मुख्यालयहमीरपुर
क्षेत्रफल
 • जम्मा१११८ किमी (४३२ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा४५४७६८
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटhttp://hphamirpur.nic.in/

सन् १९७२ मा काँगडा जिल्लाबाट अलग गरियोएको, हमीरपुर जिल्ला कटोच वंशसँग नजिकबाट जोडिएको छ। यो पुरानो जालन्धर-त्रिगर्त राज्यको हिस्सा थियो। पानिनले यस राज्यका मानिसहरूलाई महान् योद्धा हरू र लडाकुहरूको रूपमा उल्लेख गरे। सन् १७०० देखि १७४० सम्म शासन गरेका राजा हमीर चन्दको शासनकालमा कटोच वंशको प्रभुत्व थियो र उनले हमिरपुरमा किल्ला निर्माण गरेका थिए।

हमीरपुर जिल्ला ३१°२५′उत्तर र ३१°५२'उत्तर र ७६°१८′पूर्व र ७६°४४'पूर्वको बीचमा अवस्थित छ। जिल्ला सदरमुकाम हमीरपुर (सहर) ७८० मिटरको उचाइमा अवस्थित छ र सबैभन्दा अग्लो बिन्दु १२५० मिटरको उचाइमा आवाह देवी शिखर हो।

यस जिल्लाले पूर्वमा मन्डी, दक्षिणमा बिलासपुर, पश्चिममा उना र उत्तरमा काँगडाको छिमेकी जिल्लाहरूसँग सिमानाहरू बाँडेको छ।[२]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Tehsils in Hamirpur District, Himachal Pradesh" 
  2. "Places of Interest | District Hamirpur-The Veerbhumi | India" (en-USमा), अन्तिम पहुँच २०२३-०९-२१