सौरभ चौधरी (जन्म: १९९३ डिसेम्बर ३१) नेपाली अभिनेतानिर्देशक हुन् । उनले अभिनय करियरको सुरुवात नेपाली कथानक चलचित्र बेस्ट फ्रेञ्ज फरेभर (२०१६)बाट गरेका थिए ।[२][३][४] यस चलचित्रको सफलतापछि थप उर्जा पाएका सौरभले निर्देशनमा हात हालेका छन् ।[५] उनी हाल नेपाली कथानक चलचित्र लभ डायरिजको निर्देशनमा व्यस्त छन् ।[६][७][८][९][१०][११][१२]

सौरभ चौधरी
सौरभ चौधरी
जन्मसौरभ चौधरी
(1993-12-31) ३१ डिसेम्बर १९९३ (उमेर ३०)
राजविराज, मधेश प्रदेश, नेपाल
वासस्थानचन्द्रागिरी, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशा[१]
कार्यकाल२०१४-वर्तमान
उचाइ६ फिट ० इन्च (१.८३ मी)
तौल९० किलोग्राम (२०० पाउन्ड)
मातापिताप्रवेश चौधरी (बुवा)
नीला देव (आमा)

अभिनय क्षेत्रमा आफ्नो पहिचान बनाउनु पूर्व उनले मिस्टर नेपाल २०१४ प्रतियोगितामा सहभागी भई मिस्टर स्पोर्ट्स विधातर्फ विजयी भएका थिए ।[१३]

जीवनी सम्पादन गर्नुहोस्

सौरभ चौधरीको जन्म सन् १९९३ डिसेम्बर ३१ मा मधेश प्रदेशको राजविराजमा भएको हो । उनको बुवा प्रवेश चौधरी एक शिक्षक तथा आमा नीला देव एक कुशल गृहिणी हुन् । उनले प्रवेशिका तह तथा प्रमाण पत्र तहसम्मको शिक्षा काठमाडौँको चोभारमा रहेको मोडर्न इन्डियन विद्यालयबाट गरेका थिए । उनले कान्तिपुर सिटी कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तहको शिक्षा प्राप्त गरेका छन् ।[१४]

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

अभिनेताको भूमिकामा सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका टिप्पणीहरू
२०१६ बेस्ट फ्रेञ्ज फरेभर आर्यन मुख्य अभिनेताको रूपमा

निर्देशकको भूमिकामा सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका टिप्पणीहरू
२०१६ च्याम्पियन सह-निर्देशक[१५][१६]
२०१८ लभ डायरिज निर्देशक[१७] पहिलो चलचित्र निर्देशकको रूपमा

नामाङ्कन र पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Pati, Hariyo, "Actor-Saurav-Chaudhary", hariyopati.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०७ मिति
  2. "BEST FRIENDS FOREVER" (अङ्ग्रेजीमा), २०१६-०४-२६, अन्तिम पहुँच २०१८-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२१ मिति
  3. "Best Frenz Forever - हेर्नजाम" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२८ 
  4. "बन्ने भयो ‘बेस्ट फ्रेन्ड फरेभर’" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८ 
  5. "मल्टिप्लेक्समा हाउसफुल “बेष्ट फ्रेन्ज फरेभर”, यूवापुस्ताका दर्शकहरूको हलमा भिड" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८ 
  6. Yadav, Sobiztrend -Pramod K., "लभ डायरिज", www.film.gov.np (नेपालीमा), Film Development Board, अन्तिम पहुँच २०१८-०७-२८ 
  7. "फरक शैलीमा चलचित्र ‘लभ डायरिज’ निर्माण गर्ने घोषणा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८ 
  8. "चितवनको सौराहामा चलचित्र ‘लभ डायरिज’को छायाकन ।" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८ [dead link]
  9. "चलचित्र “लभ डायरिज” लिएर आउँदै निर्देशक सौरभ" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०४ मिति
  10. "‘लभ डायरिज’ को घोषणा," (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०३ मिति
  11. "‘लभ डायरिज’ घोषणा, सुशीलको ग्याङस्टार लुक्स", www.filmykhabar.com, अन्तिम पहुँच २०१८-०७-२८ 
  12. "‘लभ डायरिज’ निर्माणको घोषणा, सुशील र रुविना मुख्य भुमिकामा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०३ मिति
  13. "Suraj Chiluwal wins Mr. Nepal 2014 Title" (अङ्ग्रेजीमा), २०१४-०६-३०, अन्तिम पहुँच २०१८-०७-२८ 
  14. "राजविराजका सौरभ चौधरी नेपाली चलचित्र उद्योगमा निर्देशकको भूमिकामा-एक परिचय", न्युज टुडे, २०१८-०७-२९। 
  15. "Nepali Movie - Champion" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२९ 
  16. "Champion - Nepali Movie Ft. Dikpal Karki, Manjita KC, Shrada Acharya" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२९ 
  17. "LOVE DIARIES Unveiled Darling Looks Of Lead Cast and Details" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्