सुन्दरगञ्ज उपजिल्ला

सुन्दरगञ्ज (बाङ्ला: সুন্দরগঞ্জ), बङ्गलादेशको गाईबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभागमा अन्तर्गत पर्दछ।[१]

सुन्दरगञ्ज

সুন্দরগঞ্জ
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबंगलादेश बाङ्लादेश
विभागरङ्पुर विभाग
जिल्लागाईबान्धा जिल्ला
क्षेत्रफल
 • जम्मा४२६.५२ किमी (१६४.६८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा३६०,६७६
 • घनत्व८५०/किमी (२,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक अङ्क
५७२०
वेबसाइटयस उपजिल्लाको आधिकारिक नक्सा

भूगोलसम्पादन

सुन्दरगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°२४' देखि २५°३९' उत्तर अक्षांश र ८९°२४' देखि ८९°४३' पूर्वी देशान्तरणमा अवस्थित छ। सुन्दरगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४२६.५२ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई पिरगाछा, उलीपुरचिलमारी उपजिल्लाले उत्तर, गाईबान्धा सदरसादुल्लापुर उपजिल्लाले दक्षिण, चिलमारीचार राजीवपुर उपजिल्लाले पूर्व, सादुल्लापुर, पिरगाछामिठापुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। टिष्टा र ब्रहम्पुत्र नदि यस उपजिल्लाको प्रमुख नदि हो।

इतिहाससम्पादन

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने पाकिस्तानी सेनाले यस उपजिल्लाका विभिन्न गाउँ तथा स्थानहरूका सर्वसाधारणको सामूहिक हत्या, घरटहराहरूमा आगजन, महिला माथि दुर्ववहार, सामूहिक बलात्कार तथा लुटपाट गरि आतङ्क मच्चाएका थिए। तात्कालिक समयमा पाकिस्तानी सेनाले यस उपजिल्लाका १८ सर्वसाधारणहरूलाई अपहरण गरि सबैलाई सामुदायिक हत्या गरेका थिए। माथर हाट भन्ने ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो।

जनशाङ्खिकिसम्पादन

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३९८५८८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २०२२७० छ भने महिलाको जनसङ्ख्या १९६३१८ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३६३६०७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३४४१६, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ६५, इसाई धर्मवलम्बीको जनसङ्ख्या ७९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४२१ रहेको छ। यस जिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ४९० मस्जिद, ६९ हिन्दु मन्दिरहरू रहेका छन्। धर्मपुरमा रहेको ढाकुवाबाडी जामे मस्जिद यस उपजिल्लाको प्रख्यात धार्मिक स्थल हो। यस उपजिल्लाका ८७.७१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३१% ले पोखरी, ०.२७% ले टुटी र ११.७१% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र र ७ परिवार नियोजन केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ६०.३४% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए। २९ अप्रिल २००२ का दिन आएको विनाशकारी असिना र आँधीमा परि थुप्रै मानिसहरूको ज्यान गएको थियो भने सन् २००५ मार्च २० को आँधी २३ मानिसहरूको ज्यान गएको थियो भने थुप्रै मानिसहरूको घरबारविहीन बनेका थिए।[२]

अर्थतन्त्रसम्पादन

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी, प्याज, हरियो खुर्सानी, खैनी, तोरी, मकै तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, प्याज, लसुन तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १७५ माछापालन केन्द्र, ७ दुग्ध सङ्कलन केन्द्र तथा, २५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७५.२३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.३५% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.३८% वाणिज्यमा ८.७७%, सञ्चार र यातायातमा १.९२%, निर्माण क्षेत्रमा ०.५६%, सुविधामा ३.८७%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा ६.२२% रहेका छन्।

प्रशासनसम्पादन

प्रशासकीय सुन्दरगञ्ज थानाको स्थापना सन् १८७५ मा भएको थियो भने यसलाई १९८४ मा उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १५ सङ्घ परिषद्/वडा, ११० मौजा/महल्ला र १७८ गाउँहरू रहेका छन्।

शिक्षासम्पादन

यस उपजिल्लाको कुल साक्षरता दर ३१.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३६.२% छ भने महिलाको साक्षरता दर २६% रहेको छ। यस उपजिल्लामा १५ क्याम्पस, ७ प्राबिधिक शिक्षण संस्था, ५२ माध्यमिक विद्यालय, २२० प्राथमिक विद्यालय, ८ बाल उद्धान केन्द्र, ६ सामुदायिक विद्यालय, २१८ मद्रासाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; हरिपुर सरकारी प्राथमिक विद्यालय (सन् १८८०), खामार मोनीराम सरकारी प्राथमिक विद्यालय (सन् १९१०), हरिपुर बिएसएम कन्या विद्यालय (सन् १९१४), बेलका एमसी उच्च विद्यालय (सन् १९२०), बामनदाङ्गा एमएन उच्च विद्यालय (सन् १९१७), काथगाडा बहुभाषिक उच्च विद्यालय (सन् १९२७), शिवराम आदर्श सरकारी प्राथमिक विद्यालय आदि।

सन्दर्भ सामग्रीसम्पादन

  1. सिराजुल इस्लाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "सुन्दरगञ्ज उपजिल्ला", बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  2. "बाङ्लादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरूसम्पादन