सादुल्लापुर उपजिल्ला
सादुल्लापुर बङ्गाली: সাদুল্লাপুর बङ्गलादेशको गाईबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[२]
सादुल्लापुर
সাদুল্লাপুর | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°२३′उ॰ ८९°२८′पू॰ / २५.३८३°N ८९.४६७°Eनिर्देशाङ्कहरू: २५°२३′उ॰ ८९°२८′पू॰ / २५.३८३°N ८९.४६७°E | |
देश | बङ्गलादेश बङ्गलादेश |
विभाग | रङ्पु विभाग |
जिल्ला | गाईबान्धा जिल्ला |
क्षेत्रफल | |
• जम्मा | २२७.९७ किमी२ (८८.०२ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१ [१]) | |
• जम्मा | २४३,०१२ |
• घनत्व | ११००/किमी२ (२८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | यस उपजिल्लाको आधिकारिक नक्सा |
भूगोल
सम्पादन गर्नुहोस्सादुल्लापुर सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१७' देखि २५°३०' उत्तर अक्षांश र ८९°२०' देखि ८९°३१' पूर्वी देशान्तरणमा अवस्थित छ। सादुल्लापुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२७.९७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सुन्दरगञ्ज र मिठापुकार उपजिल्लाले उत्तर, पालशबाडि र गाईबान्धा उपजिल्लाले दक्षिण, गाईबान्धा सदर र सुन्दरगञ्ज उपजिल्लाले पूर्व र पिरगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। घाघाट र सतबिल नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[३]
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लडिरहेका लडाकु बीच पिरगञ्ज र सादुल्लापुर उपजिल्लाको सिमानामा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ २१ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २६६०३५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३४९७८ छ भने महिलाको जनसङ्ख्या १३१०५७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २४२४०६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २३१३८, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४७७ रहेको छ। यस उपजिल्लामा ४६० मस्जिद, ३१ हिन्दु मन्दिरहरू रहेका छन्। जामालपुर मस्जिद यस उपजिल्लाको प्रख्यात इस्लामी धार्मिक स्थल हो। यस उपजिल्लाका ९३.४३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१४% ले पोखरी, ०.२६% ले टुटी र ६.०७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। सादुल्लापुर उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य जाँच केन्द्र, ६ सङ्घ स्वस्थ्य केन्द्र, १० परिवार नियोजन तथा सुत्केरी हेरचाह केन्द्र, २६ सामुदायिक स्वास्थ्य केन्द्र र ८८ गैरसरकारी स्वस्थ्य केन्द्र तथा मेडिकलहरू रहेका छन्।ref name="census">"बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।</ref> यस उपजिल्लाको कुल घरहरू मध्ये ५६.८४% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन।[४]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, बेसार, प्याज, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, केरा, बेसार, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, अलहर, सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ८ माछापालन केन्द्र, ३० दुग्ध सङ्कलन केन्द्र तथा, ३५ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.५६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३१% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.८०% वाणिज्यमा ११.०३%, सञ्चार तथा यातायातमा ३.८०%, निर्माण क्षेत्रमा ०.९७%, सुविधामा ४.४४%, धार्मिक सेवामा ०.९०%, वैदेशिक रोजगारी तथा भाडामा ०.२१% र अन्यमा ६.६९% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्सादुल्लापुर थानको स्थापना सन् १९१३ मा भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। सादुल्लापुर उपजिल्ला एक नगरपालिका सहित ११ सङ्घ परिषद्मा विभाजन गरिएको छ जुन यस प्रकार छन्; आइडलपुर सङ्घ परिषद्, बानाग्राम सङ्घ परिषद्, भटग्राम सङ्घ परिषद्, दामोदरपुर सङ्घ परिषद्, धेपरहाट सङ्घ परिषद्, फरिदपुर सङ्घ परिषद्, जामालपुर सङ्घ परिषद्, कामारपाडा सङ्घ परिषद्, खुरला कामारपुर सङ्घ परिषद्, नालडाङ्गा सङ्घ परिषद् र रसुलपुर सङ्घ परिषद्। हाल सादुल्लापुर उपजिल्लामा १६६ मौजा र १६८ गाउँ र ४७,१०२ घरहरू रहेका छन्।
शिक्षा
सम्पादन गर्नुहोस्यस उपजिल्लाको कुल साक्षरता दर ३५.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४०.४% छ भने महिलाको साक्षरता दर ३०.समध्ये पुरुषको साक्षरता ४०.४% छ भने महिलाको साक्षरता दर ३०.९% रहेको छ। यस उपजिल्लामा १२ क्याम्पस, ६९ माध्यमिक विद्यालय, २२० प्राथमिक विद्यालय, ३७ गैरसरकारी विद्यालय र ११० मद्रासाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नालडाङ्गा क्याम्पस (सन् १९६७), सदुल्लापुर डिग्री क्याम्पस (सन् १९७२), खुरदा कामारपुर बहुभाषिक उच्च विद्यालय (सन् १९०१), सदुल्लापुर बहुभाषिक पाइलट उच्च विद्यालय (सन् १९१८), नालडाङ्गा उमेश चन्द्र उच्च विद्यालय (सन् १९४६), सादुल्लापुर खोदेजा स्मारक कन्या उच्च विद्यालय (सन् १९६३), फरिदपुर सरकारी प्राथमिक विद्यालय (सन् १८६०), मोलोङ बाजार सरकारी प्राथमिक विद्यालय (सन् १८८४) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন ২০১৪), "গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার", এক নজরে সাদুল্লাপুর, मूलबाट ১৩ ফেব্রুয়ারি ২০১৪-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-१३ मिति
- ↑ सिराजुल इस्लाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "সাদুল্লাপুর উপজেলা", बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ http://sadullapur.gaibandha.gov.bd
- ↑ "সংরক্ষণাগারভুক্ত অনুলিপি", मूलबाट ১৩ ফেব্রুয়ারি ২০১-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-१३ मिति