सुनिल प्रजापति भक्तपुर नगरपालिकाको वर्तमान मेयर हुन्। उनी नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्ने नेपाली राजनीतिज्ञ हुन्। आम निर्वाचन २०५६ को संसदीय आम चुनावमा प्रजापतिले भक्तपुर-२ बाट चुनाव लडेका थिए। उनले १३,४३२ मत पाएर दोस्रो भएका थिए।[१]

सुनिल प्रजापति
भक्तपुरको नगरप्रमुख
पद बहाली
२०७४
सहायकरजनी जोशी
संविधानसभा सदस्य
कार्यकाल
१५ जेष्ठ २०६५ – १५ जेष्ठ २०६९
पूर्वाधिकारीलेखनाथ न्यौपाने
उतराधिकारीरामेश्वरप्रसाद ढुङ्गेल
निर्वाचन क्षेत्रभक्तपुर २
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल मजदुर किसान पार्टी

वि.सं. २०६३ मा तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको पतनपछि प्रजापति नेपालको अन्तरिम संसदमा मनोनित भएका थिए।[२] प्रजापति अन्तरिम संविधान मस्यौदा समितिको सदस्य भएका थिए।[३]

वि.सं. २०६४ चैतको संविधानसभाको चुनावमा प्रजापतिले भक्तपुर-२ बाट चुनाव जितेका थिए।[४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्