सिद्धबाबा मन्दिर नेपालको बुटवल सहर नजिकै अवस्थित एक शिवको हिन्दू मन्दिर हो। यस मन्दिरलाई नेपालभरका मानिसहरू र प्रायः पाल्पा र रुपन्देही र छिमेकी जिल्लाका हिन्दूहरूले दर्शन गर्छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ। मानिसको मनोकामना पूरा भएपछि परेवा छोड्ने चलन छ। यस परम्पराले मन्दिर वरिपरि परेवाहरूको संख्यामा ठूलो योगदान पुर्‍याएको छ।[१]

सिद्धबाबा मन्दिर
सिद्धबाबा मन्दिर
सिद्धबाबा मन्दिर is located in लुम्बिनी प्रदेश
सिद्धबाबा मन्दिर
लुम्बिनी प्रदेशको नक्साभित्र स्थान
सिद्धबाबा मन्दिर is located in नेपाल
सिद्धबाबा मन्दिर
सिद्धबाबा मन्दिर (नेपाल)
प्राथमिक विवरण
स्थान:बुटवल
निर्देशाङ्क२७°४३′१९.०६″उ॰ ८३°२८′७.११″पू॰ / २७.७२१९६११°N ८३.४६८६४१७°E / 27.7219611; 83.4686417निर्देशाङ्कहरू: २७°४३′१९.०६″उ॰ ८३°२८′७.११″पू॰ / २७.७२१९६११°N ८३.४६८६४१७°E / 27.7219611; 83.4686417
सम्बन्धनहिन्दुत्व
देवताशिव
चाडपर्वशिवरात्री, तीज, बालाचतुर्दशी आदि।
जिल्लारुपन्देही जिल्ला
प्रदेशलुम्बिनी प्रदेश
देशनेपाल

हिन्दू धर्मावलम्बीहरूले शनिबार, सोमबार र शिवसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न धार्मिक चाडपर्वका दिनमा सिद्धबाबाको मन्दिरमा पूजाआजा गर्ने गर्दछन्। शिवरात्रिको अवसरमा ठूलो संख्यामा हिन्दू धर्मावलम्बीहरु मन्दिरमा पूजाआजा गर्न जाने गर्दछन्।[२]

पौराणिक कथा अनुसार यो मन्दिर विक्रम संवत् सुरु गर्ने राजा विक्रमादित्यका जेठा भाइ राजा भर्तृहरिको तपस्यास्थल भएको मानिन्छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Siddha Baba Temple - khojnu.com", अन्तिम पहुँच २०२१-०२-२४ 
  2. Visit Tansen वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-३० मिति
  3. Parajuli, Dipak (२०१८-१२-०१), "Siddhababa Temple: Religious Connectivity and Believe Center", Nepalayatimes, अन्तिम पहुँच २०२१-०२-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०३ मिति