राजा विक्रमादित्यको जन्म आज भन्दा लगभग आज भन्दा २२०० वर्ष पहीले भएको अनुमान छ उनी राजा गन्धर्व सेनका पुत्र तथा महान कवि भर्तृहरीका भाइ थिए । विक्रमको वीर तथा आदित्यको अर्थ सूर्य भएको र सूर्य जस्तो वीर हुनाले उनलाई विक्रमादित्य भनिएको हो । विक्रमादित्य पछि अन्य राजालाई पनि विक्रमादित्यको उपाधि दिने प्रचलन चलेको कुरा बुज्न सकिन्छ । कलिको ३००० वर्ष समाप्त भए पछि १०१ ईस्वी पूर्व सम्राट विक्रमादित्यको राज्यारोहण भयो उनी वर्त्तमान भारत अन्तर्गत पर्ने उज्जैनका राजा थिए । उनले १०० वर्ष राज्य गरे [१] उनी यसस्वी परोपकार र उदारता का लागि प्रसिद्ध थिए । विक्रम सम्बतको सुरुवात पनि विक्रमादित्यद्वारा नै भएको थियो यो सम्बतको पुष्टि ज्योतिर्विदाभरण नमक ग्रन्थ द्वारा हुन्छ जसलाई ३४ ई.पु लेखिएको थियो यसको अनुसार विक्रमादित्यले ५७ ई पु विक्रम सम्बतको सुरुवात गरेका थिए ।

राजा विक्रमादित्य
विक्रमादित्यको सालिक
उज्जैनमा अवस्थित विक्रमादित्यको आधुनिक सालिक
जन्मइपू १०५
उज्जैन, मध्य प्रदेश, भारत
मृत्युइसं १५
सन्तानविक्रमसेना
बाबुगन्दर्भसेना
धर्महिन्दु

संक्षिप्त जीवनी सम्पादन गर्नुहोस्

प्रसिद्ध कथा सम्पादन गर्नुहोस्

विक्रमादित्यको जीवनिको एक अङ्ग यो पनि हो विक्रम र वेतालको संबाद यसलाई वेताल पच्चीसी भनेर जनिन्छ यो संबादमा बेतालले बिक्रमलाई पच्चीस वटा प्रश्नसोधेको छ ती प्रश्न द्वारा बिक्रमको कुशलता र कति न्याय पूर्ण राजा थिए त्यसको ज्ञान हुन्छ । अन्य सिंहासन वत्तिसी नामक कथा छ जसमा विक्रमादित्यको सुरता वीरता उदारताको वर्णन सिंहासनमा रहेका ३२ पुतलीले गरेका छ त्यो सिंहासन वर्षौ पछि राजा भोजले गाडिएको अवस्थामा फेला पारेका थिए ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. गीता प्रेस गोरखपुर भविष्यपुराण पृष्ठ न .२४५