सिद्धार्थ राजमार्ग
सिद्धार्थ राजमार्ग नेपालको एक प्रमुख राजमार्ग हो जसले दक्षिणी नेपालको तराई क्षेत्रलाई उत्तरी नेपालको पहाडी क्षेत्रसँग जोडेको छ। सिद्धार्थनगर नगरपालिका नजिकै नेपाल–भारत सीमाबाट सुरु हुने यो राजमार्ग पोखरा महानगरपालिका पुगेर टुङ्गिन्छ। यो राजमार्ग बुटवलको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको छ।[१]
रा10 | ||||
---|---|---|---|---|
सिद्धार्थ राजमार्ग | ||||
सिद्धार्थ राजमार्ग | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | १८२ किमी (११३ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | बेलहिया, नेपाल | |||
अन्त्य | पोखरा, नेपाल | |||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|
राजमार्ग निर्माण सन् १९६४ मा सुरु भएको थियो र सन् १९७१ मा सम्पन्न भएको थियो। विसं १९७२ मे ९ (विसं २०२९ वैशाख २५) मा राजा वीरेन्द्रले पोखरामा उद्घाटन गरेका थिए। भारतीय आर्थिक सहयोगमा निर्माण भएको सो राजमार्गमा राम्दीस्थित कालीगण्डकी नदीमा सबैभन्दा लामो पुलसहित करिब ३४ वटा पुल रहेका छन्। यो राजमार्गको नाम सिद्धार्थ गौतम (गौतम बुद्ध) बाट राखिएको हो।
मार्ग विवरण
सम्पादन गर्नुहोस्राजमार्गको लम्बाइ १८१ किलोमिटर (११२ माइल) छ।[२] राजमार्गमा सिद्धार्थनगर, बुटवल, तानसेन, वालिङ, पुतलीबजार, स्याङजा र पोखरा मुख्य बस्ती छन्।
यस सडकको बुटवल–पाल्पा खण्डमा चट्टानी भू–भाग र पटक–पटक चट्टान खसेर दुर्घटना हुने गरेको छ।[३]
यो सडक नेपालको सबैभन्दा व्यस्त पाँच राजमार्गमध्ये एक मानिन्छ। यो सडक मुख्यतया खाद्यान्न र कृषि उत्पादनको ढुवानीका लागि प्रयोग गरिन्छ। धेरै साँघुरा घुमाउरो र सडकको गुणस्तर कमजोर भएका कारण पोखरा घुम्न चाहनेले यो राजमार्ग प्रयोग गर्दैनन्।
-
भैरहवा
-
बुटवल
-
तानसेन नजिकै
-
गल्याङ नजिकै
-
वालिङ
-
कालीगण्डकी नदीमाथिको पुल
-
पोखरा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
- ↑ "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
- ↑ Gnyawali, Kaushal Raj (२०११), A Minor Study on Rockfall in the Siddhababa Section of Siddhartha Highway Nepal।[स्थायी मृत कडी]