सिक्किम राष्ट्रिय पार्टी

सिक्किम राष्ट्रिय पार्टी सिक्किम राज्यमा एक राजनैतिक दल थियो, जसको गठन सन् १९५० मा भएको थियो। सिक्किम राष्ट्रिय पार्टी राजतन्त्रको पक्षमा थियो र सिक्किमको स्वतन्त्रताको पक्षमा थियो। सन् १९४७ मा भारतको स्वतन्त्रतापछि गठन भएको सिक्किम राज्य कांग्रेसराज्य प्रजा सम्मेलनको बढ्दो प्रभावको सामना गर्न यस पार्टीको स्थापना भएको थियो।

सिक्किम राष्ट्रिय पार्टी
संस्थापकनेटुक लामा
स्थापनासन् १९५०
विघटनसन् १९७७
विचारधारासिक्किम अधिराज्यको लागि स्वतन्त्रता समर्थक
रङहरूसुन्तला
निर्वाचन चिह्न

सन् १९७५ मा राजतन्त्रको पतन हुनुअघि सिक्किम राज्य परिषद्को अन्तिम चुनावमा सिक्किम राष्ट्रिय पार्टीले केवल कवि-तिङडा (दोर्जीको एकीकृत कांग्रेस पार्टीले नजितेको एक मात्र सीट) को सीट जितेका थिए।

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

निर्वाचन जितेका सिट सिट +/- स्रोत
सन् १९५३
६ / १८
[१]
सन् १९५८
६ / २०
-
सन् १९६७
५ / २४
 
सन् १९७०
८ / २४
 
सन् १९७३
९ / २४
  [२]
सन् १९७४
१ / ३२
  [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hamlet Bareh (२००१), Encyclopaedia of North-East India, 7:Sikkim, Mittal Publications, पृ: १७, आइएसबिएन 9788170997948 
  2. Election Committee, Government of Sikkim (१५ फेब्रुअरी १९७३), "Declaration of Election Results", पृ: 64–65, अन्तिम पहुँच १५ जुन २०२१ 
  3. "General Election to Sikkim Assembly, 1974", २० अप्रिल १९७४, पृ: 70–71, अन्तिम पहुँच १५ जुन २०२१