सरस्वती राई नेपालकी राजनितिज्ञ हुन। उनी राजसभाको सदस्य बन्ने पहिलो महिला हुन्।

सरस्वती राईका बुवा बृटिश शासित भारतीय सेनामा कार्यरत थिए। बुबा जयराज र आमा रत्नकुमारी कुलुङ राईको सन्तानका रूपमा आसामाको लोकरा भन्ने ठाउँमा उनको जन्म भएको हो। उनको बिहे पनि भारतीय सेनामै काम गर्ने भोजपुरका आफूभन्दा २२ वर्ष जेठा नरबहादुर थुलुङ राईकी दोस्री पत्नीका रूपमा भएको हो।

दोस्रो विश्वयुद्धको समयमा नेपाल फर्केर सर्बप्रथम शैक्षिक जागरण ल्याउने काम गरिन्। त्यसक्रममा २००७ सालमा उनले इलाम बजारमा घरघरबाट बालिकाहरू बटुलेर तिनलाई पढाउने काम थालिन्। उनले असामको कोइमाबाट कक्षा ६ उत्तीर्ण गरेकी थिइँन्। २००८मा इलाम मै त्यहाँका केही व्यक्तिको सहयोगमा सरस्वती कन्या पाठशालाका रूपमा विकास गर्न उनी सफल भइन्। त्यसै विद्यालयमा पढाउनुका साथै आफ्नै विद्यार्थीसँगै पढेर २०१२मा उनले एसएलसी उत्तीर्ण गरिन्।

शिक्षा, महिला अधिकारको रक्षा तथा सामाजिक भेदभाव बिरुद्धमा लड्दा उनले धेरैबाट सम्मान पाएकी छिन्। त्यसैले त उनी 'मेजर्नी गुरुआमा', 'मेचीकी दिदी', 'सरस्वती दिदी', 'सरस्वती गुरुआमा', 'इलाममा महिला जागरणकी अग्रज' आदि सम्मानसूचक विशेषणबाट परिचित छन्।

सरस्वती राई २०११ सालमा एक पटक र २०१४ सालमा अर्को पटक सल्लाहकारसभाको सदस्यमा मनोनित भइन्।

२०१७ साल पछि विस्तारै पञ्चायती व्यवस्थामा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन्। २०३४ सालमा गठन भएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन्। त्यसक्रममा उनले नेपालका महाकाली, सेती, भेरी, कर्णाली अञ्चलका विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी छिन्। उ

पञ्चायती व्यवस्थाको अन्त्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। अहिले उनी बुढेसकालको कठिन अवस्था गुजारिरहेकी छन्। कुरा गर्दा उनी हाँस्छिन्, प्रन्न चेहरा देखाउँछिन् तर स्मरण शक्ति नभएको र मनको भाव व्यक्त गर्न सक्दिनन्। हाल उनी इलाममा नै बस्छिन्। []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=35681&cat_id=22[स्थायी मृत कडी]

बाहिरी सूत्र

सम्पादन गर्नुहोस्