समय् बजि
समय् बजि (नेवारी: समय् बजि) नेवारी समुदायको पारम्परिक परिकार हो । विदेशीहरू माझ यो खानाको नेपालमा आकर्षण समेत रहेको छ । यो परिकार नेपालीहरूको विशेष परिकार हो । यो खाना धेरै पुस्ताहरूबाट सर्दै आएको भएता पनि मानिसहरू माझ यसको लोकप्रियता उस्तै छ । यो परिकार परिवारको जमघट तथा नेवारी पर्वहरूमा खुवाइने गर्दछ । यो परिकार श्राद्धमा समेत खुवाइने गरिन्छ । यो परिकार खुवाउनको लागि कुनै विशेष पर्व वा चाड हुनु पर्दैन, यो परिकारको सजिलो भएकोले वर्ष भरि नै यसलाई खानाको रूपमा प्रयोग गर्ने गरिन्छ । समय् बजि नेवारी समुदायको हरेक कार्यक्रममा प्रयोग हुने गर्दछ ।
उत्पत्ति स्थान | नेपाल |
---|---|
क्षेत्र वा राज्य | काठमाडौँ |
मुख्य सामग्रीहरू | चिउरा, छोइला, आलु, अचार, बारा, माछा, अण्डा, साग, भटमास, लसुन, अदुवा, अयला |
समय् बजिको नेवारी शाव्दिक अर्थ नास्ताको रूपमा खाइने चिउराको परिकार हुन्छ । पहिले पहिले पाहुना आएको बेला नास्ताको रूपमा खुवाइने परिकार समय् बजि हो ।