सताक्षी गोल्डकप २०७४ झापामा आयोजना हुने सताक्षी गोल्डकपको दोस्रो संस्करण हो।प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले ए डिभिजन डर्बीमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै आर्मी वर्षको दोस्रो उपाधि जितेको थियो ।[१]

२०७४ सताक्षी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा ,सताक्षीधाम
मिति२०७४, कार्तिक-मंसिर
टोलीहरू
स्थान(हरू)सताक्षी खेल मैदान,झापा (ललितपुर आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
शीर्ष गोलकर्ता(हरू)जर्ज प्रिन्स कार्की
उत्कृष्ट खेलाडी(हरू)विशाल राई
उत्कृष्ट गोलरक्षकविकेश कुथु

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

प्रतियोगितामा सहभागी हुने टिमहरू

खेलहरू सम्पादन गर्नुहोस्

सेमिफाइनल सम्पादन गर्नुहोस्




फाइनल सम्पादन गर्नुहोस्



आर्मीले वैशाखमा विशाल स्मृति गोल्डकप २०७४को उपाधि जितेको थियो । मनाङ वर्षको दोस्रो उपाधि जित्नबाट विमुख रह्यो । मनाङले भदौंमा जेसिस गोल्डकप २०७४ जितेको थियो । झिलझिलेमा आज आर्मीका लागि जर्ज प्रिन्स कार्कीनवयुग श्रेष्ठले गोल गरे । मनाङका लागि अनिल गुरुङले गोल गरे ।

जर्ज प्रिन्सले १८ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । नवयुगलाई मनाङका सोलेले फाउल हानेपछि आर्मीले फ्रिकिक पाएको थियो । नवयुगले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै आर्मीको अन्तरलाई दोब्बर पारे । ६१ औँ मिनेटमा मनाङका कप्तान अनिलले गोल फर्काएका थिए ।

पुरस्कार विवरण सम्पादन गर्नुहोस्

विधा खेलाडी क्लब
सर्वोत्कृष्ट खेलाडी विशाल राई (मनाङ)
उत्कृष्ट गोलकिपर विकेश कुथु (आर्मी)
उत्कृष्ट रक्षक सुमन आर्याल (आर्मी)
उत्कृष्ट मिडफिल्ड डोना थापा (मनाङ)
उत्कृष्ट फरवार्ड जर्ज प्रिन्स कार्की (आर्मी)
उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने (आर्मी)

नोट:-सर्वोत्कृष्टले ५० हजार, विधागत उत्कृष्टले समान २० र उत्कृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ प्राप्त गरे ।

स्रोत सम्पादन गर्नुहोस्