संयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकार

संयुक्त राष्ट्र सुरक्षा परिषद "भिटो अधिकार" संयुक्त राष्ट्र सुरक्षा परिषद् को स्थायी सदस्य ( चीन, फ्रान्स, रूस, को संयुक्त राज्यसंयुक्त राज्य अमेरिका) को भिटो अधिकार (निषेधाधिकार) लाई जनाउँछ कसले कुनै पनि संकल्प प्रस्तावलाई रोक्न सक्छ। यद्यपि स्थायी सदस्यको बेवास्ता वा अनुपस्थितिले मस्यौदा प्रस्तावलाई अस्विकार गर्दैन।[स्रोत नखुलेको] यो भिटो अधिकार स्थायी सदस्यहरू आफैंले निर्धारण गरेझैं "प्रक्रियात्मक" मतमा लागू हुँदैन, । स्थायी सदस्यले महासचिवको छनोट पनि रोक्न सक्छ, यद्यपि औपचारिक भिटो आवश्यक छैन मतदान बन्द ढोका पछाडि लिइन्छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद को कोठा

भिटो एक विवादास्पद अधिकार हो। यसका पक्षधरले यसलाई "अन्तर्राष्ट्रिय स्थायित्वको प्रवर्तक, [१] सैन्य हस्तक्षेप विरुद्धको जाँच, [२] र अमेरिकी प्रभुत्व बिरूद्धको महत्वपूर्ण सुरक्षा"को रूपमा लिन्छन्। [३] आलोचकहरू भिटोलाई संयुक्त राष्ट्रको सबैभन्दा अप्रजातान्त्रिक तत्व मान्छन्, [४] साथै युद्ध अपराध र मानवता विरुद्धको अपराधमा संयुक्त राष्ट्रसंघको निष्क्रियताको मुख्य कारण पनि भिटो अधिकार नै हो किनकि यसले स्थायी सदस्यहरू र उनीहरूका सहयोगीहरूका विरुद्ध संयुक्त राष्ट्रको कार्यवाहीलाई प्रभावकारी रूपमा काम गर्न रोक्दछ। [५]

संयुक्त राष्ट्रसंघीय बडापत्र सम्पादन गर्नुहोस्

भिटो अधिकार संयुक्त राष्ट्रसङ्घको वडापत्रको धारा २७ मा उल्लेख छ, जसले यसो भन्छ:

  1. सुरक्षा-परिषद्को प्रत्येक सदस्यले एक मत दिन पाउनेछ।
  2. कार्यपद्धति सम्बन्धी विषयमा सुरक्षा परिषद्का निर्णय ९ सदस्यको एक सकारात्मक मतले गरिनेछ।
  3. अरू सबै विषयमा सुरक्षा-परिषद्को निर्णय स्थायी सदस्यहरूको सहमति समेत ९ सदस्यका सकारात्मक मतले गरिन्छ; तर अध्याय ६ अन्तर्गत, र धारा ५२ को अनुच्छेद ३ अन्तर्गतका निर्णयहरूमा विवादसित सम्बन्ध भएको पक्षले मत दिन पाउने छैन। [६]

कुनै पनि स्थायी सदस्यहरूबाट नकारात्मक मतले मस्यौदा प्रस्तावको अवधारणालाई अवरूद्ध गर्नेछ। यद्यपि एक स्थायी सदस्य जुन मतदानबाट टाढा रहन्छ वा मतदानबाट अनुपस्थित हुन्छ उसले एक प्रस्ताव पारित हुनबाट रोक्दैन।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Putin, Vladimir V. (११ सेप्टेम्बर २०१३), "What Putin Has to Say to Americans About Syria", The New York Times, "The United Nations’ founders understood that decisions affecting war and peace should happen only by consensus, and with America's consent the veto by Security Council permanent members was enshrined in the United Nations Charter. The profound wisdom of this has underpinned the stability of international relations for decades." 
  2. "Wang Yi: China Is Participant, Facilitator and Contributor of International Order", Consulate-General of the People's Republic of China in Los Angeles, २७ जुन २०१५, "China's veto at the Security Council has always played an important role in checking the instinct of war and resisting power politics." 
  3. "Veto right prevents UNSC from turning into 'rubber stamp' for US & allies – Churkin", RT International, १६ अक्टोबर २०१६। 
  4. II. The Yalta Voting Formula, Author(s): Francis O. Wilcox, Source: The American Political Science Review, Vol. 39, No. 5 (Oct. 1945), pp. 943–956 Retrieved 5 May 2015 17:13 UTC
  5. Oliphant, Roland (४ अक्टोबर २०१६), "'End Security Council veto' to halt Syria violence, UN human rights chief says amid deadlock", The Telegraph 
  6. UN Charter, Article 27, as amended in 1965. Before that date, Articles 27(2) and (3) had specified the affirmative votes of seven members. The change was part of the process whereby the size of the Council was increased from 11 to 15 members.