श्री महेन्द्र माध्यमिक विद्यालय
श्री महेन्द्र माध्यमिक विद्यालय (नेपाली: श्री महेन्द्र माध्यमिक विद्यालय), जसलाई प्रायः MSS भनेर चिनिन्छ, पूर्वमा महेन्द्र उच्च माध्यमिक विद्यालय नामले परिचित, नेपालको एक आदर्श सामुदायिक विद्यालय हो। यो विद्यालय कास्की जिल्लाको भलाम गाउँमा, पोखराबाट १.५ किलोमिटरको दुरीमा अवस्थित छ। २० अप्रील १९६० मा स्थापना भएको यस विद्यालयलाई स्थानीय समुदायले सुरु गरेको हो।[१]
श्री महेन्द्र माध्यमिक विद्यालय नेपाली: महेन्द्र मावि | |
---|---|
स्थान | |
<mapframe>: The JSON content is not valid GeoJSON+simplestyle. The list below shows all attempts to interpret it according to the JSON Schema. Not all are errors.
| |
, , ३३७०० | |
निर्देशाङ्क | २८°१६′N ८४°०१′E / २८.२६°N ८४.०१°Eनिर्देशाङ्कहरू: २८°१६′N ८४°०१′E / २८.२६°N ८४.०१°E |
जानकारी | |
विद्यालय प्रकार | सामुदायिक |
आदर्श वाक्य | कृषि सुधार, जीवन सुधार |
स्थापना | २० अप्रील १९६० (१४ जेठ २०१६ बि.स.) |
संस्थापक | स्थानीय समुदाय |
स्थिति | सञ्चालनमा |
विद्यालय जिल्ला | कास्की |
प्रधानाध्यापक | बोध राज पौडेल |
कर्मचारी | करिब ३५ |
कर्मचारीहरू | ५ |
उमेर | ३ देखि १९ |
विद्यार्थी सङ्ख्या | करिब ३५० |
औषत कक्षा आकार | ३०-३५ |
भाषा | अंग्रेजी, नेपाली |
घण्टा | ६-८ |
घरहरू | चार (रातो, नीलो, हरियो, पहेंलो) |
एथलेटिक उपनाम | MSS |
आवद्धताहरू | Secondary Education Examination (Nepal)ःमाध्यमिक शिक्षा परीक्षा (कक्षा १०) National Examination Board (Nepal)ःउच्च माध्यमिक शिक्षा परिषद् (१०+२) |
वेबसाइट | mahendramavi |
इतिहास
सम्पादन गर्नुहोस्स्थापना
सम्पादन गर्नुहोस्श्री महेन्द्र माध्यमिक विद्यालयको सुरुवात २०१७ साल बैशाख १४ मा प्राथमिक विद्यालयको रूपमा भएको हो। सन् २०२१ मा यसले निम्न माध्यमिक विद्यालयको मान्यता पायो र सन् २०२५ मा नवौं कक्षाको अध्ययन सुरु गरी यसलाई माध्यमिक विद्यालयको रूपमा विकास गरियो। २०२६ देखि दशौं कक्षाको अध्यापन प्रारम्भ भएको हो। विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि प्रविधि अध्ययनसम्बन्धी नेपाल सरकारको प्रविधिक धाराको शिक्षण सञ्चालन हुँदै आएको छ।[२]
सुविधाहरू
सम्पादन गर्नुहोस्स्वास्थ्य केन्द्र
सम्पादन गर्नुहोस्स्वास्थ्य केन्द्रले स-साना स्वास्थ्य समस्याहरूको हेरचाह र प्राथमिक उपचार प्रदान गर्दछ। गम्भीर केसहरू पोखराका ठूला अस्पतालमा पठाइन्छ। एक सीएमए परामर्शदाता र एक नर्सले स्वास्थ्य केन्द्र र स्वास्थ्य शिक्षाका कक्षाहरूको व्यवस्थापन गर्दछन्।
विज्ञान प्रयोगशाला
सम्पादन गर्नुहोस्विज्ञान कक्षाहरूको प्रयोगात्मक गतिविधिहरूका लागि कक्षा ४ देखि १२ सम्म प्रयोगशाला छ। प्रत्येक कक्षामा STEM प्रयोगशाला हुन्छ। विज्ञान विभागमा तीन जना प्रयोगशाला सहायक पनि छन्, जो प्रयोगशाला उपकरणहरूको हेरचाह गर्दछन्।
अंग्रेजी प्रयोगशाला
सम्पादन गर्नुहोस्विद्यालयमा अंग्रेजी भाषाका लागि विशेष प्रयोगशाला छ, जसले विद्यार्थीहरूको अंग्रेजी भाषा सीपलाई सुधार गर्न मद्दत गर्दछ।
छात्रावास
सम्पादन गर्नुहोस्विद्यालयमा दुईवटा छात्रावास छन्, एउटा छात्र र अर्को छात्राका लागि छुट्टै।
पुस्तकालय
सम्पादन गर्नुहोस्विद्यालयको पुस्तकालयमा १०,००० भन्दा बढी किताबहरू उपलब्ध छन्। पुस्तकालय अध्ययनलाई पाठ्यक्रमको एउटा महत्वपूर्ण अङ्गको रूपमा समेटिएको छ।
हाउस र वार्षिक प्रतियोगिताहरू
सम्पादन गर्नुहोस्विद्यार्थीहरूलाई चार हाउसमा विभाजन गरिएको छ:
- रातो
- पहेंलो
- हरियो
- नीलो
वार्षिक खेलकुद प्रतियोगिताहरू, अन्तर-हाउस शैक्षिक प्रतियोगिताहरू, र अन्य गतिविधिहरू गरिन्छ।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "महेंद्र माध्यमिक विद्यालय, भलाम, पोखरा", mahendramavi.edu.np, अन्तिम पहुँच २०२४-०९-१७।
- ↑ "महेंद्र माध्यमिक विद्यालय, भलाम, पोखरा", mahendramavi.edu.np, अन्तिम पहुँच २०२४-०९-१७।