सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुनजुन देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् ।

हेटौँडामा रहेको सहिद स्मारक पार्क

नेपालका सहिदहरू

सम्पादन गर्नुहोस्

नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो। वि.स. २००७ देखि २०६२-०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे। १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गङ्गालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।[]

जिउँदा सहिदहरू

सम्पादन गर्नुहोस्

नेपालमा केही राजनीतिक परिवर्तनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरूलाई जिउँदा शहीद भनेर घोषणा गरिने प्रचलन रहेको छ। नेपालमा सबैभन्दा पहिला नेपाल प्रजापरिषद नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीदको रूपमा लिइन्छ।[] मुकेश कायस्थ, विष्णुलाल महर्जन ऐतिहासिक जनआन्दोलन-२का जिउँदा शहीदहरू हुन।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्