मुकेश कायस्थ नेपालको तेस्रो जनआन्दोलनको रूपमा परिचित जनआन्दोलन २०६२/६३का क्रममा घाइते भएका नेपालका जिउँदो शहीद हुन। जनआन्दोलनका क्रममा अचेत बनेका बनेपाका मुकेश कायस्थको स्वास्थ्य स्थिति अझै सामान्य हुन सकेकोछैन। २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका कायस्थलाई काठमाडौंको वीर अस्पतालमा करिब ११ महिनासम्म उपचार गरिएको थियो। जनआन्दोलनमा १५ वर्षीय मुकेशको कन्चटमा गोली लागेको थियो। मुकेश पछिल्लो अवस्थामा मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ।[१] २०६२साल चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए। उनले स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८को परीक्षा दिइसकेका थिए।

मुकेश कायस्थ
मुकेश कायस्थ
जन्ममुकेश कायस्थ
काभ्रेपलाञ्चोक जिल्ला, बनेपा
जातीयतानेवार
नागरिकतानेपाली
धर्महिन्दु
मातापिताकृष्णमान कायस्थ
मीरा कायस्थ
आफन्तन्हुच्छेमान कायस्थ(हजुरबुबा)
नानीमाया कायस्थ(हजुरआमा)
मुकेश कायस्थको स्वास्थ्य स्थिति बुझ्दै झलनाथ खनाल(तत्कालिन प्रधानमन्त्री)

शारीरिक बनावट सामान्य भइसकेको छ। मोटाएका छन, नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ। यो पनि बिस्तारै पुरिँदै आएको छ। बाहिरबाट हेर्दा अरू खोट देखिँदैन। उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन्। दूध र बिस्कुट दिए खुसी हुन्छन्। उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन। झर्किएर गाली गरे खान मान्दैनन्। उनलाई १७ महिनासम्म पाइपबाटै खुवाउनुपर्‍यो। मुकेशलाई परिवारले ११ महिना वीर अस्पतालमा राखेको थियो। सानातिना गरी उनको नौ पटक शल्यक्रिया गरिएको थियो। त्यहाँबाट घर फर्काएको एक सातामै थप उपचारका लागि परिवार र शुभेच्छुकले काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल पुर्‍याए। छ महिनापछि फेरि घर ल्याइयो। 'बेलाबेलामा 'फलो अप' का लागि परिवारले अस्पताल लैजाने गरेका छन।[२]

२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो। पोखरामा सैनिकको गोलीबाट काभ्रेपलाञ्चोक जिल्ला, उग्रचण्डी नालाका भीमसेन दाहालको मृत्यु भैसकेको थियो। भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो। शव लिन नालाबाट धुलिखेल आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो। शिवहरि कुँवर घटनास्थलमै मारिए भने मुकेश घाइते भए। मुकेशसँगै बनेपाकै बिक्रम कपालीलाई गोलीको छर्राले लाग्यो। उनलाई भारतमा उपचारपछि निको भइसकेको छ। बिक्रमको देब्रे कञ्चटमा लागेको गोलीले अझैसम्म बोली आउन सकेको छैन। भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत प्राधिकरण र बनेपा नगरपालिकामा क्षति पुर्याएएका थिए। शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरूले आगो लगाएर ध्वस्त बनाइदिए। तत्काल बनेपाकै शीर मेमोरियल अस्पताल लगिएका मुकेशलाई उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो। उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले गोली ठोकेका थिए। [३]

अस्पतालबाट बनेपा ल्याइएको केही दिनपछिदेखि नै उपचारमा दलहरूले ध्यान नदिएको भन्दै स्थानीय युवाले अरनिको राजमार्ग बन्द गराएपछि मुकेशलाई २०६४ फागुन २२ गते काठमाडौंको न्युरो सर्जनमा लगी उपचार शुरु गरिएको थियो। त्यहाँ नियमित छ महिनासम्म उपचार गराएपछि २०६४ भाद्र ७ गते बनेपा फर्काइयो। सरकारले मुकेशका लागि शुरुमा एकमुष्ट साढे नौ लाख रकम दिएको थियो। बनेपामा होटल ब्यवसाय गर्दै आएका मुकेशका परिवारको मुकेश घाइते भएपछि पसल नै बन्द भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "फेरि आन्दोलनमा भाग लिन नपरोस", गोरखापत्र, अन्तिम पहुँच २०११-०७-२५ [dead link]
  2. "जिउँदा शहीद भन्छन्- आश्चर्य भइदिओस", Merolinks.com, अन्तिम पहुँच २०११-०७-२५ [dead link]
  3. ३.० ३.१ "कसैले नबाँचोस् यस्तो जीवन", जनआश्था दैनिक, अन्तिम पहुँच २०११-०७-२५ [dead link]