शक्ति
भौतिकविज्ञानसम्पादन
अर्थसम्पादन
भौतिकविज्ञान Physics मा, शक्ति भनेको कुनै वस्तुमा अन्तर्निहित स्रोत (अर्थात् गुण) हो जसमा कुनै कार्य गर्ने सामर्थ्य रहेको हुन्छ। शक्तिलाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर यसलाई न त पैदा गर्न सकिन्छ न त नष्ट गर्न सकिन्छा। ताप, विद्युत, प्रकाश आदि शक्तिका केही फरक फरक स्रोत अर्थात् रूपहरू हुन्। यिनीहरूलाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर नष्ट गर्न सकिंदैन।
परिभाषासम्पादन
शक्तिलाई यसको रूप अनुसार परिभाषित गरिन्छ।
विद्युत शक्तिसम्पादन
कुनै निश्चित समयसम्म प्रवाह भएको धाराविद्युत (Current Electricity) को विद्युतीय सामर्थ्य (Electric Power) लाई विद्युत शक्ति भनिन्छ।
- गणितीय सुत्रमा व्यक्त गर्दा,
विद्युत् शक्ति = विद्युतीय सामर्थ्य (Power) x समय (Time)
- यस सुत्र अनुसार,
१ कि.वा. (Kilowatt) विद्युतीय सामर्थ्य १ घन्टा (Hour) सम्म प्रवाह हुँदा, १ कि.वा.-घ. (KW-H) विद्युत शक्ति खर्च हुन्छ।
- उदाहरण:
५०० watt को २ ओटा चीम ३ hour र १५०० watt को ४ ओटा हिटर ३० minate बाल्दा ६ KW-H विद्युत शक्ति प्रयोग हुन्छ।
यान्त्रिक शक्तिसम्पादन
कुनै वस्तुलाई कुनै निश्चित दुरीसम्म स्थानान्तरण गर्न प्रयोग गरिएको यान्त्रिक बल (Mechanical Force) लाई यान्त्रिक शक्ति भनिन्छ।
- गणितीय सुत्रमा व्यक्त गर्दा,
यान्त्रिक शक्ति = यान्त्रिक बल (F) x दुरी (d)
- यस सुत्र अनुसार,
कुनै वस्तुलाई १ न्युटन बल प्रयोग गरी १ मीटर दुरीसम्म स्थानान्तरण गर्दा, १ न्युटन-मीटर यान्त्रिक शक्ति प्रयोग हुन्छ।
ताप शक्तिसम्पादन
नाप्ने एकाईसम्पादन
SI (The International System of Units, एकाईहरूको अन्तर्राष्ट्रिय प्रणाली)
- विद्युत शक्ति: कि.वा.-घ. (KW-H)
- यान्त्रिक शक्ति: न्यु.-मी. (N-M)
- ताप शक्ति: जुल (Joule)