ताप

ताप शक्ति

ताप एक प्रकारको शक्ति हो । तापलाई हामि अनुभव गर्छौं । तापले पदार्थका अणुहरूमा क्म्पन उत्पन्न गराउँछ । कुनै वस्तुमा ताप बदाउँदै गइयो भने अणुहरूको कम्पन्नमा पनि वृद्धि हुन्छ । कम्पन भएका अणुहरूमा गतिशक्ति हुन्छ र तापशक्ति पनि बढ्छ । वस्तुमा भएका अणुहरूको गतिशक्तिको समष्टी (योग) लाई नै त्यस वस्तुमा भएको ताप वा तापशक्ति भनिन्छ ।
गतिशक्ति
तापशक्ति
वस्तुमा भएको तापको परिमाण पदार्थमा रहेको अणुहरूको संङ्ख्या अर्थात् पदार्थको पिण्ड र अणुहरूको औसत गतिशक्तिमा निर्भर रहन्छ । सीजीएस प्रणालीमा तापशक्तिलाई क्यालोरी एकाइमा नापिन्छ भने एसआई प्रणालीमा तापशक्तिलाई जुल एकाइमा नापिन्छ । तापशक्ती नाप्ने उपकरणलाई क्यालोरी मिटर भनिन्छ ।

171879main LimbFlareJan12 lg.jpg

तापको असरसम्पादन

तापको कारणले निम्नानुसारको असर पर्दछ।

  1. तापक्रमको बृद्धी
  2. अवस्थामा परिवर्तन (ठोस,तरल,ग्यास)
  3. वस्तुको प्रसार (आयतनमा वृद्धि,  को पानी बाहेक)
  4. वस्तुको घुलनशीलतामा परिवर्तन
  5. रासायनिक परिवर्तन
  6. भौतिक परिवर्तन (रङ्ग,चुम्बकिय गुण,सुचालकपन आदि)

ताप समीकरण(Heat Equation)सम्पादन

कुनै पनि वस्तुको विशिष्ट ताप धारण क्षमता, पिण्ड, तापक्रम परिवर्तन र ताप परिमाणहरु बिचको अन्तरसम्बन्ध लाई देखाउने समिकरणलाई ताप समीकरण भनिन्छ।
कुनै वस्तुले ग्रहण गरेको वा गुमाएको तापशक्ति  उक्त वस्तुको पिण्ड  सँग समानुपातिक सम्बन्ध हुन्छ।
अर्थात,   ----------------1
कुनै बस्तुले ग्रहण गरेको गुमाएको तापशक्ति  उक्त वस्तुमा परिवर्तन हुने तापक्रम सँग समानुपातिक हुन्छ।
अर्थात,  --------------2
समीकरण 1 र 2 बाट,
 
अथवा, --------3 
जहाँ,  एउटा अचार राशि हो। जसलाई विशिष्ट ताप धारण क्षमता भनिन्छ।
समीकरण   लाई ताप समीकरण भनिन्छ।

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाहिरी कडीहरूसम्पादन

"https://ne.wikipedia.org/w/index.php?title=ताप&oldid=934154" बाट अनुप्रेषित