तनहुँको चुँदी रम्घामा विक्रम सम्बत् २०१० मा जन्मिएका व्रतराज आचार्य आदिकवि भानुभक्त आचार्यका छैठौं पुस्ताका व्यक्तित्व हुन् ।

प्राध्यापन एवं समाजसेवा सम्पादन गर्नुहोस्

त्रिभुवन विश्व विद्यालयमा प्राध्यापनरत प्रा.डा.व्रतराज आचार्य नेपाली भाषा विज्ञानका विशिष्ट विद्वानका रूपमा परिचित छन् । भानुभक्त जन्मस्थल विकास समितिको सक्रिय व्यक्तित्वका रूपमा रहेका आचार्य भानु प्रतिष्ठान नेपालका वर्तमान अध्यक्षका रूपमा क्रियाशील छन् । अन्य विविध संघसंस्था मार्फत पनि उनले नेपाली भाषा, साहित्य र समाज सेवाका फाँटमा योगदान पुर्याउँदै आएका छन् । आफ्ना पूर्वज आदिकवि भानुभक्त आचार्यको पदचिह्न खोज्दै उनी नेपालभारतका विभिन्न क्षेत्रमा भ्रमण गर्दै आएको देखिन्छ । [१]

कृतित्व सम्पादन गर्नुहोस्

हाम्रो भाषा (पाठ्यपुस्तक २०४१), आधुनिक समालोचनाको उठान (अनुसन्धान, २०५३), आधारभूत नेपाली व्याकरण (पाठ्यपुस्तक २०५८), आदिकवि भानुभक्त: जीवनी र कविताको सम्परीक्षण (अनुसन्धान, २०५८), आधुनिक नेपाली नाटक (लेखन/सम्पादन २०६७), उत्तरवर्ती चरणका नेपाली नाटक (लेखन/सम्पादन २०६७) तथा नेपाली भाषाको शब्द भण्डार, नेपाली भाषामा अभिव्यक्ति विस्तारको प्रक्रिया, केन्द्रीय पश्चिमी भाषिकाको अध्ययन, क्षेत्रिय शब्द सङ्कलन आदि कृतिहरू प्रकाशित भएका पाइन्छन् भने रूपरेखा, आदि पत्रिकामा यिनका प्रशस्त फुटकर रचनाहरू प्रकाशित भएका देखिन्छन् । भाषाको अन्वेषण तथा विश्लेषण गर्ने र तिनका विशेषताहरूको समीक्षा गर्ने आचार्य नेपाली समालोचनाको पछिल्लो चरणको समीक्षाको फाँटमा भाषा शास्त्रीय अध्येताका रूपमा क्रियाशील देखिन्छन् । यसरी हेर्दा आचार्य प्रभाववादी समालोचक नभएर वस्तुवादी समालोचकका रूपमा प्रतिष्ठित देखिन्छन् । ।[२] [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति पृष्ठ २३२, वाराणसी - भूमिका प्रकाशन
  2. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  3. प्रभात, विष्णु (२०७०), साहित्यकार-कलाकार परिचयकोश, काठमाडौँ नेपाल प्रज्ञा प्रतिष्ठान ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

नेपाली साहित्यको इतिहास

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्