पानसिंह तोमर

डकैतीमा लागेका भारतीय खेलाडी
(पान सिंह तोमरबाट अनुप्रेषित)

सुबेदार पान सिंह तोमर (१ जनवरी १९३२ - १ अक्टोबर १९८१) एक भारतीय सैनिक र खेलाडी थिए जो पछि डकैत बनेका थिए । उनको भारतीय सेनाको कार्यकालमा नै उनले आफ्नो दौडको क्षमता पत्ता लगाएका थिए । सन् १९५० देखि सन् १९६० को दशकमा ७ राष्ट्रिय स्टीपलचेज विजेता रहेका तोमरले सन् १९५८ मा आयोजित एसियाली खेलकुदमा भारतको प्रतिनिधित्व गरेका थिए । सेनाबाट असामयिक अवकाश पाएपछि उनी आफ्नो गाउँ फर्केका थिए । उनले पछि चम्बल उपत्यकामा डकैतीमा लागेर कुख्याती प्राप्त गरेका थिए । सन् १९८१ को अन्त्य तिर उनलाई पक्राउ गर्न पठाइएको प्रहरी समूहले गोली हानेर उनको मृत्यु भएको थियो ।[३]

पान सिंह तोमर
व्यक्तिगत जानकारी
राष्ट्रियताब्रिटिस शासन ब्रिटिश भारतीय (सन् १९३२ - सन् १९४७)
भारत भारतीय (सन् १९४७ - सन् १९८१; उनको मृत्यु)
जन्म१ जनवरी १९३२
भिण्ड, मुरैना, ब्रिटिश भारत[१]
मृत्यु१ अक्टोबर १९८१ (४९ वर्ष)
भिण्ड, मुरैना, भारत
उचाइ६ फिट १ इन्च (१.८५ मिटर)[२]
सैन्य कार्यजीवन
निष्ठाभारत भारत
सेवा/शाखा भारतीय सेना
सैन्य क्रम सुबेदार
एकाइबङ्गाल इन्जिनियर समूह
खेल
खेलट्र्याक एन्ड फिल्ड
प्रतिस्पर्धा(हरू)३००० मिटर स्टीपलचेज
पदक कीर्तिमान
 भारतको प्रतिनिधित्व गर्दै

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

पान सिंह तोमरको जन्म ब्रिटिश भारतको ग्वालियरमा रहेको मुरैनामा अवस्थित पोरसा नजिकैको भिण्ड गाउँमा हिन्दु तोमर परिवारमा भएको थियो । तोमरका पिता इश्वरी सिंह तोमर भिडोसा क्षेत्रको अधिकतम कृषिजन्य खेतका मालिकहरूलाई जन्म दिने दयाराम सिंह तोमरका दाइ थिए । तोमरले जग्गाको सम्बन्धमा परेको विवादको कारण दयाराम सिंह तोमरका नाति र आफ्नो भतिजा बब्बू सिंह तोमरको हत्या गरेका थिए ।[४]

सैन्य कार्य जीवन सम्पादन गर्नुहोस्

तोमरले रुडकीमा आधारित बङ्गाल इन्जिनियर समूहको ५१ इन्जिनियर एकाइमा सुबेदारको भूमिका निर्वाह गरेका थिए । सन् १९५० देखि सन् १९६० को दशकमा उनी लोकप्रिय खेलाडी थिए । उनको खेलको रूपमा दौडमा सहभागिताको सुरुवात कहिले र कसरी भयो भन्ने कुराको पुष्टि गर्न सकिएको छैन । तोमर प्रथम पटक आफ्नो एकाइमा भर्ना हुँदा उनको र प्रशिक्षकको बीचमा असहमति भएको थियो । सजायको रूपमा तोमरलाई परेड मैदानमा दौडिन लगाइएको थियो । उनको दौडले अन्य कर्मचारीलाई आकर्षित र प्रभावित पार्यो । त्यसपश्चात तोमरलाई सामान्य कर्तव्यबाट मुक्त गराई अन्य लाभका साथै खेलाडीको रूपमा प्रशिक्षण सुरु गराइएको थियो ।[५]

खेल जीवन सम्पादन गर्नुहोस्

सन् १९५८ मा जापानको राजधानी टोक्योमा आयोजित एसियाली खेलकुदमा तोमरले भारतको प्रतिनिधित्व गरेका थिए ।[६] सैन्य कार्यकालमा स्टीपलचेज दौडमा रुचि देखाउन थालेका तोमर सात वर्षका लागि स्टीपलचेज विजेता रहे । उनले ९ मिनेट २ सेकेन्डमा पूरा गरेको ३००० मिटरको स्टीपलचेज दौडको रेकर्ड १० वर्ष पछि मात्रै तोडियो । उनको खेल जीवनको कारणले उनलाई भारतीय सेनाले सन् १९६२ को भारत-चीन युद्ध र सन् १९६५ को भारत-पाकिस्तान युद्धमा लड्न दिएन । उनको खेल जीवन सन् १९७२ मा समाप्त भयो ।

अवकाश पछिको जीवन सम्पादन गर्नुहोस्

सन् १९७७ मा अवकाश भएपछि तोमर भिडोसा गाउँ फर्के । त्यहाँ उनको र उनका भतिजाहरू जन्देल सिंह, हवलदार सिंह र बब्बू सिंह तोमरका बीच जग्गाको सम्बन्धमा विवाद परेको थियो । २०० सदस्य भएको परिवारको मुखिया, जग्गाधनी बब्बू सिंहले सरकारको अनुमतिमा सात वटा बन्दुक राखेका थिए । यो विवादको समाधानका लागि पञ्चायतको व्यवस्था गरिएको थियो । पञ्चायतले भने अनुसार तोमरले आफ्नो जग्गाको पूर्ण स्वामित्व प्राप्त गर्न बब्बू सिंह तोमर र उनका दाजुभाइलाई ₹३,००० दिएका थिए । यद्यपि, उनका भतिजा बलवन्त सिंहले पैसा नक्कली भएको आरोप लगाएपछि पञ्चायतले तोमरलाई पूर्ण मूल्य तिर्न १५ दिनको समय दिए । यी १५ दिनको समयावधिमा नै बब्बू सिंह तोमरले तोमरको घरमा अरू कोही नहुँदा गई उनकी ९५ वर्षकी आमाको बलात्कार गरेका थिए । तोमर घर फर्कदा उनकी आमाको लुटिएको इज्जतको प्रतिशोध लिन आदेश तोमरलाई उनकी आमाले दिइन् । बलवन्त र तोमर हतियार लिएर खेतमा गए जहाँ उनीहरूले बब्बू सिंहलाई देखे । तोमरले खुलामा नै बब्बू सिंहलाई गोली हान्न थाले, जो गोली लागेपछि पनि ढल्नु अघि १ किलोमिटर जति दौडिरहे । तोमरले पछि ग्वालियरमा छापिने पत्रिकाको लागि यो घटनाको बारेमा अन्तर्वार्ता गरेपछि मात्रै प्रशासनले उनको मुद्दालाई गम्भीरताको साथ व्यवहार गर्न थालेको थियो । त्यति बेला उनलाई पक्राउ गरेमा ₹१०,००० दिइने कुरा भएको थियो । अन्तर्वार्तामा भने अनुसार उनले बब्बू सिंहलाई उनको जग्गा बिक्री गर्ने उनका दाइ मातादीन सिंह तोमरको हत्यामा संलग्न रहेका ८ जना गाउँलेहरूलाई मर्ने कुनै आशय थिएन । यद्यपि, उनले आफ्ना भतिजा, मातादीनका छोरा बल्वन्तलाई रोक्न सकेनन् । यो अन्तर्वार्ताको समयावधि भरि उनी बन्दुकको गोलीसँग खेलिरहेका थिए ।

मृत्यु सम्पादन गर्नुहोस्

मण्डल निरीक्षक प्रताप सिंह चौहान र उनको नेतृत्वमा रहेका अन्य ५०० जना प्रहरीको समूहले १ अक्टोबर १९८१ मा तोमरलाई घेरा लागी गोली हानेर मर्न छोडेका थिए । गाउँमा रहने मोतीराम जाटव नामक दलित वासिन्दाले तोमरको जातीय भेदभाव साहना नसकी चौहानलाई बोलाएपछि तोमर र चौहानको समूहको बीचको लडाइ १२ घण्टासम्म चल्यो ।[७][८]

पान सिंहको परिवार सम्पादन गर्नुहोस्

सन् १९५९ मा जन्मेका पान सिंहका छोरा सौरम सिंह तोमर उत्तर प्रदेशको बबिनामा बस्ने अवकाशित भारतीय सेना सुबेदार हुन् । भिडोसाको हिंसात्मक वातावरणबाट मुक्त हुनका लागि उनी उत्तर प्रदेशमा बसाइ सरेका हुन् ।[९]

वर्तमान संस्कृतिमा तोमर सम्पादन गर्नुहोस्

सञ्जय चौहानद्वारा निर्मित र तिग्मांशु धूलियाद्वारा निर्देशित सन् २०१२ मा सार्वजनिक गरिएको पान सिंह तोमर नामक चलचित्र तोमरको जीवनमा आधारित छ । इरफान खानले तोमर र माही गिलले उनकी पत्नीको भूमिका निर्वाह गरेको यस चलचित्रले सकारात्मक आलोचनात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।[१०]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Mention of Tonwarghar District - Imperial Gazetteer Article [मुरैनाको इतिहास] 
  2. "Paan Singh Tomar" [पान सिंह तोमर], उनी को थिए ?, मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति
  3. "Betrayal, caste haunt village where Paan Singh Tomar was killed" [विश्वासघात, पान सिंह तोमरको हत्या गरिएको गाउँमा डकैतीको त्रास], हिन्दुस्तान टाइम्स, अन्तिम पहुँच २० मार्च २०१६ 
  4. "Paan Singh Tomar" [पान सिंह तोमर], उनी को थिए ?, अन्तिम पहुँच १० जनवरी २०१९ 
  5. "Who was this man?" [यी पुरुष को थिए ?], टाइम्स सीक्रेस्ट, बेनेट, कोलम्यान एन्ड कम्पनी लिमिटेड, मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति
  6. "From the king of the track to the ruler of the ravines – Times of India" [ट्र्याकका राजा देखि खोलाका शासक सम्मको यात्रा - द टाइम्स अफ इन्डिया], द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच २० मार्च २०१६ 
  7. मुखर्जी, अरिन्दम, "The Last Moments of Paana" [पानका अन्तिम क्षण], ओपन म्यागजिन, अन्तिम पहुँच ३१ मार्च २०१२ 
  8. "Betrayal of Paan Singh Haunts Dalit Community of Rathiyan Ka Pura To This Day" [पान सिंहको विश्वासघातले अझै राठिया का पुरालाई त्रासित पार्छ], हिन्दुस्तान टाइम्स, अन्तिम पहुँच ३१ मार्च २०१२ 
  9. श्रुति तोमर (२३ मार्च २०१२), "The police create dacoits in Chambal: Paan Singh Tomar's son" [चम्बलमा प्रहरीले डकैत बनाउछन्: पान सिंह तोमरका छोरा], हिन्दुस्तान टाइम्स, अन्तिम पहुँच ६ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-०६ मिति
  10. "List of Awards Announced in various categories for the 60th National Film Awards" [६० औँ राष्ट्रिय चलचित्र पुरस्कारका विभिन्न श्रेणीका विजेताहरू] (पिडिएफ)।