ग्वालियर
ग्वालियर (ⓘ) भारतको राज्य मध्य प्रदेशको ऐतिहासिक र प्रमुख सहर हो। भौगोलिक दृष्टिले ग्वालियर मध्यप्रदेश राज्यको उत्तरमा अवस्थित छ। यो सहर भारतको राजधानी सहर नयाँ दिल्लीको ३१९ किलोमिटर (१९८ माइल) दक्षिणमा रहेको छ। यो सहर र यसको किल्ला उत्तर भारतको प्राचीन शहरहरूको केन्द्र रहेको छ। यो सहर गुर्जर प्रतिहार, तोमर तथा कछवाहा राजवंशको राजधानी रहेको थियो।[३] यो सहरमा तिनीहरूद्वारा बनाइएको प्राचीन चिह्न स्मारकहरू, किल्लाहरू र महलहरू आज पनि हेर्न सकिन्छ। सङ्ग्रह गरेर राखिएका भव्य स्मृति चिह्न यस सहरलाई पर्यटनको दृष्टिले महत्त्वपूर्ण बनाउने गर्छ। "ग्वालियर सहर" यस नामको पछाडी पनि एउटा इतिहास लुकेको छ; आठौँ शताब्दीमा यहाँका एक राजा सूरजसेन थिए, जो एक अज्ञात बिमारीले ग्रस्त भए र मृत्युशैयामा थिए, त्यस समय ग्वालिपा नामक सन्तले उनलाई निको पारेर जीवनदान दिए। त्यसै समय उनको सम्मानमा यस सहरको जग बसालियो र यस सहरको नाम ग्वालियर राखियो।
ग्वालियर
Gwalior | |
---|---|
ग्वालियरका धरोहरहरू | |
उपनाम(हरू): मध्य प्रदेशको पर्यटन राजधानी राजा सुरसेनको सहर ऋषि गलभको सहर र तानसेन नगरी | |
देश | भारत |
राज्य | मध्य प्रदेश |
जिल्ला | ग्वालियर |
संस्थापक | राजा सुरजसेन |
क्षेत्रफल | |
• जम्मा | ६०४ किमी२ (२३३ वर्ग माइल) |
• क्रम | ३५औँ |
उन्नतांश | १९६ मिटर (६४३ फिट) |
जनसङ्ख्या (२०११) | १,९५३,५०५ |
• घनत्व | ५,४७८/किमी२ (१४१९०/वर्ग माइल) |
• जनसङ्ख्या क्रम | ३१औँ |
भाषाहरू | |
• आधिकारिक | हिन्दी, मराठी र अङ्ग्रेजी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | ४७४००१ देखि ४७४०५५ (HPO) |
टेलिफोन कोड | ०७५१ |
सवारी दर्ता | MP-07 |
लिङ्ग अनुपात | .९४८ ♂/♀ ० |
साक्षरता | ८७.२०%[१] |
औसत ग्रीष्म तापक्रम | ३३.५ °से (९२.३ °फे) |
औसत चिसो तापक्रम | १६.६ °से (६१.९ °फे)[२] |
वेबसाइट | आधिकारिक वेबसाइट |
यसपछि यहाँ आउने शताब्दीमा यो सहर ठुला-ठुला राजवंशहरूको राजस्थल बन्यो। हरेक शताब्दीमा यस सहरको इतिहासमा नयाँ आयाम थपिदैं गयो। महान योद्धाहरू, राजाहरू, कविहरू, सङ्गीतकारहरू तथा सन्तहरूले यस राजधानी सहरलाई देशव्यापी रूपमा चिनाउन आ-आफ्नो योगदान दिए। आज ग्वालियर भारतको एक आधुनिक सहर हो र एउटा प्रसिद्ध उद्योगिक केन्द्र हो।[४]
भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ।[५]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्सन् २०११ को भारतको जनगणना अनुसार ग्वालियरको कुल जनसङ्ख्या २०,३०,५४३ छ, जसमा पुरुष १०,९०,६४७ र महिला ९,३९,८९६ छन्। यहाँको साक्षरता ५७.४७% (पुरुष ७०.८१%, महिला ४१.७२%) रहेको छ।
ग्वालियर किल्ला
सम्पादन गर्नुहोस्बलौटे ढुङ्गाले बनेको यो किल्ला सहरको हरेक दिशाबाट हेर्न सकिन्छ र यो सहरको प्रमुख स्मारक हो। एउटा अग्लो पठारमा बनेको यस किल्लासम्म पुग्नका लागि एउटा निक्कै अग्लो पातुलो मार्ग भएर जानु पर्छ। यस मार्गको छेउछेउ ठुलो ठुलो चट्टानहरूमाथि जैन तीर्थको विशाल मूर्तिहरू निक्कै सुन्दर ढङ्गले बनाइएको छ। यस किल्ला भित्र मध्यकालीन स्थापनाको अद्भुत नमूनाहरू रहेको छ। पन्द्र्हौ शताब्दीमा निर्मित गुजरी महल त्यस मध्येको एक हो जुन राजा मानसिंह र गुजरी रानी मृगनयनीको गहन प्रेमको प्रतीक हो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Literacy rate", census2011.co.in, १६ जुन २००४, अन्तिम पहुँच २९ अप्रिल २०१२।
- ↑ "Climate: Gwalior", अन्तिम पहुँच १२ डिसेम्बर २०१५।
- ↑ Lonely Planet, "History of Gwalior - Lonely Planet Travel Information", अन्तिम पहुँच २८ जुलाई २०१५। वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०१५ मिति
- ↑ "Gwalior's air among dirtiest in the world", Indian Express, अन्तिम पहुँच १३ मे २०१६।
- ↑ http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html