"मस्तिष्काघात" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
 
पङ्क्ति २:
[[रगत]]को नसामा अवरोध आउने सम्भावना बढ्छ । जाडो याममा रगतमा भएको प्लेटलेट्स आपसमा टाँसिने भएर अवरोधको सम्भावना बढ्ने गरेको हो ।
 
जुन व्यक्तिको मस्तिष्कको बायाँ भाग (हेमिस्फियर) मा समस्या देखिन्छ, उनीहरूको दायाँ अंगले काम गर्न छोड्छ । यस्तै, [[मस्तिष्क]]को दायाँ हेमिस्फेयरमा समस्या हुँदा बायाँ अंगले काम गर्न छोड्छ । विश्व स्वास्थ्य संगठनसङ्गठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा ब्रेन अटयाकबाट मृत्यु हुने दोस्रो र अपंगता हुने तेस्रो प्रमुख कारण हो । विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोकसम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।
 
अध्ययनहरूका अनुसार गत चार दशकयता स्ट्रोक निम्न र मध्यम आय भएका मुलुकमा दोब्बरभन्दा बढी रहेको छ भने चार दशकमै उच्च आय भएका मुलुकमा स्ट्रोक हुने घटना ४२ प्रतिशतले कम भएको छ ।सामान्यत: स्ट्रोकले शरीरको एक भागलाई प्रभावित गर्छ । उमेर बढ्नुका साथै स्ट्रोकको जोखिम बढ्छ तर अस्वस्थकर जीवनशैली र खानपान, व्यायामको कमी आदिले गर्दा यो समस्या युवालाई पनि भइरहेको छ ।
"https://ne.wikipedia.org/wiki/मस्तिष्काघात" बाट अनुप्रेषित