विभूतिशाही
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
विभूति शाही आठबिस राज्यका अन्तिम राजा रणउद्दीम शाहीका सगोत्री रुकुमे राजकुमार हुन् । यिनी चन्द्रवंश, अत्रिगोत्र, समाल कूल र शाही/शाह घरानाका हुन् । बि.स. १८४३ . मा गोरखालीले आठबिस राज्य कब्जा गर्दा राजा रणउद्दीम शाही काटिएका थिए । दशैको पूजापाठ चल्दैगर्दा रुकुमे राजपरिवारमा आपसी बिवाद बढ्दै गयो । राजा राज शाहीलाई श्रीदत्त शाही र राजकुमार विभूति शाही लगायतको टिमले तरवार प्रहार गरी हत्या गरे । श्रीदत्त शाहीले आफू राजा भएको घोसना गरे । राजा राज शाहीको पक्षलाई यो कार्य पटक्कै मन परेको थिएन । सोही पक्षले गोर्खाली फौजलाई खबर गरे । रुकुममा गोर्खाली फौजको प्रबेश भएपछि राजा श्रीदत्त शाही र राजकुमार विभूति शाही लगायतको समूह भागेर मुसिकोट भन्डारीकाडा पुगे । लुक्दै बसेको बेला राजकुमार विभूति शाहीले जुम्लाका शोभान शाहीसँग गुप्तिरूपमा भेट गरेका थिए । बि.स.१८४६ मा डोटी, अछाम, जुम्ला, बॉफी र आठबिसमा एकैपटक आआफूले विद्रोह गरी गुमेका राज्य स्वतन्त्र बनाउने मत अनुसार राजकुमार विभूति शाही विश्वासपात्र गोले बटाला (बिष्ट/काजी), रीठे चनारा, ग्वामे ढोली सहित खदीको बाटो हुदै आठबिसकोट प्रवेश गरेका थिए । आठबिस राज्य स्वतन्त्र भएको घोषणा गरी बसेको केही समयमै गोरखाली सेना त्यहाँ प्रवेश गरयों । दांजे गाउँबाट गोर्खाली सेना अगाडि बढेको सुइको पाएपछि ठुलाकोट दरवारबाट आठबिसे झराल सेना पनि बाटो छेक्न तयारी भयो । हालको मारिकाट्टे(दमाइ गाउँ) मा घम्साघम्सी लड़ाई चल्यो । आठबिसे सेनाका सेना नायक जैधन बिष्ट, धाकरे बिष्ट, माजे सुराकी लगायत धेरैको ज्यान गयो । रगतको खोला नै बग्यो । विभूति शाही जोगीको भेष धारण गरी बेपत्ता भए । आठबिसेको धन, सम्पतिमा लूट चल्यो । करिब १२ वर्षसम्म जोगीको भेषमा लुक्दै भाग्दै हिडेका विभूति शाही नेपाल सरकारबाट सम्पति र सत्ता बाहेक ज्यान माफी पाएपछि पुनः आठबिसकोटमा जोगीकै रूपमा आई बिजारे देउतिमा पुगेर शीर(कपाल) मुण्डन गरी गृहस्थ जीवनमा प्रबेश गरे । यिनका सन्तान आठबिसे शाह खलक हुन । हाल यिनीहरु धेरै संख्यामा फैलिएर रहेका छन् । बंशावलीमा उल्लेख भए अनुसार यिनी अघि र यिनी पछिको पुस्ताक्रम यस प्रकार छः
- राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा बि.स.१६००)
- राजा जगमल्ल बम
- राजा श्रीमल्ल बम
- राजा सयरूप बम शाही
- राजा महान शाही
- राजा मदन शाही
- राजा नरसिंह शाही
- राजा पिर्थी शाही
- राजा रूपा शाही
- राजा जगती शाही
- राजा हिरण शाही
- राजा रणउद्दीम शाही (यिनका पालामा नेपाल एकीकरण भयो)
- राजकुमार विभूति शाही
- अम्मर शाही
- जसु शाही
- सेतु शाही
- दुन्दु शाही शाह
- शेरबहादुर शाह
- दिपेन्द्रबहादुर शाह
- बीरेन्द्रकुमार शाह
- मणि राज शाह(प्रभातबिक्रम शाह)
- अभि बिक्रम शाह
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्१. शाह, मणि : आठबिसे समाल बंशावली
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्