मध्यकालीन नेपालका बाइसे राज्य अन्तर्गत पर्ने ठुलीभेरी किनारमा अवस्थित आठबिस राज्यका अन्तिम राजा । नेपाल एकीकरणको क्रममा यिनी मारिए । रुकुम राज्यका राजा राज शाहीलाई काटी राजा घोसित श्रीदत्त शाही र राजकुमार विभूति शाही लाई गोर्खाली सेनाले रुकुमबाट धपाएपछि लुक्दैभाग्दै मुसिकोट भन्डारीकाडा प्रबेश गरेका थिए । राजकुमार विभूति शाहीले जुम्ला लगायतसङ्ग मिली आठ्बिस राज्यमा बिद्रोह गरे । बिद्रोह असफल भएपछि राजकुमार बिभूति शाही जोगीको रुप धारणा गरी भागे । जोगीको भेषमा धेरै वर्षपछि लुक्दैभाग्दै पुनः आठबिस आई घरजम गरी बसे । पछि उनकै सन्तान आठबिसे शाह कहलिए । हाल आठबिसमा यिनीहरु ठुलो संख्यामा रहिआएका छन् ।