विकिपिडिया वार्ता:स्वशिक्षा/विकिपीडिया जोड (Link)/प्रयोगस्थल
कोसी (लदि) पूजा
कोसी अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो।कोसी पूजा भन्नाले खोला,नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ।
माझी जातिहरू परापूर्वक कालदेखि नेै खोलाको किनारमा बसि माछा मार्ने,डुङ्गा(नाउ) मा राखि मानिसहरुलाई खोला तारिदिने कार्य गर्दथे। उनिहरु सँधै खोलाको नजिक हुने, खोलामै बस्ने, खोलामा नै आश्रीत हुने भएकाले खोलालाई र पानीलाई भग्वान मान्दथे र पूजाआजा गर्दथे। त्यसकारण आजपनि माझी जातिहरूले त्यो परम्परालाई मनाउदै आएका छन्।
यो पर्व प्रत्येक बर्ष फाल्गुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ। यो पर्वको दिन सबै मानिसहरुले नुहाउने, घर लिप-पोत गरि सफा राख्ने गरिन्छ। त्यसपछि आ-आफनो घरबाट नजिकैको खोलामा सबै मानिसहरु भेला भई समुहमा यो पर्व मनाउने गरिन्छ। यो दिनमा नदिलाई बिशेष रुपले पूजा गरिन्छ। पूजामा बिशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवागरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिन्छ। यो पञ्चबलिको साथ थानमा फुल-अक्षता र भेटी पनि चढाउने गरिन्छ। यो दिनमा आफ्ना आफन्तहरूबिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ। साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने गरिन्छ।
माझी जातिहरूको उल्लेख्य बसोबास भएको क्षेत्रका नजिक रहेका खोलाहरु जस्तै:-सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई आदि जस्ता नदि-किनारमा यो पर्व मनाउने गरिन्छ। यो कोसी-पूजालाई लदिपूजा, पानीपूजा पनि भन्ने गरिन्छ। यसरि नदिपूजा गर्नाले बालीनाली राम्रो हुने, समयमा पानी पर्ने, घरपरिवारमा सुखशान्ति छाउने कुरामा माझीजातिको विश्वास रहिआएको छ।
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
- suman ०६:३६, २२ मार्च २०१६ (युटिसी(UTC))
विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड (Link)/प्रयोगस्थलको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड (Link)/प्रयोगस्थललाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।