विकिपिडिया वार्ता:डेटाथन

इन्टपविकिमा जोडिएका पृष्ठहरू सम्पादन गर्नुहोस्

आयोजक मित्रहरूलाई अनुरोध गरिन्छ की जुन लेखको लिंक इन्टरविकिमा जोडिएको छैन त्यसको लिंक इन्टरविकिमा जोडीए पछि त्यसलाई भाषा नभएका पृष्ठहरूको सूचीबाट स्वतः हट्ने व्यवस्था मिलाउनु पर्यो । अहिलेको अवस्थामा जोडिएको पृष्ठ पनि त्यही सूचीमा रहने भएकोले इन्टरविकि नभएको पृष्ठ खोज्न समस्या भइ रहेको छ ।-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल१२:२२, १ अप्रिल २०१५ (युटिसी(UTC))

यो भनाईमा मेरो  समर्थन छ। चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) ०९:२८, ४ अप्रिल २०१५ (युटिसी(UTC))

तपाईँहरूले यो हेर्नु भयो : विशेष:WithoutInterwiki? यो पाना केही समयमा आफै परिवर्तन हुन्छ , नेपाली गाविसको लेखहरू , भोजपुरी विकिपिडियाको नेपाली गाविसको लेखहरू सजिलै हजारौँ लेखहरू लिङ्क गर्न सक्नुहुन्छ । विकिडेटामा गएर लेवल, वर्णन परिवर्तन गर्न सक्नुहुन्छ ! डेटाथनको शुभकामना !--सरोज(Saroj) (कुरा गर्ने) १६:१७, ४ अप्रिल २०१५ (युटिसी(UTC))


लेखहरुको बारे सम्पादन गर्नुहोस्

जति पनि लेखहरु Interwiki गरिए, कुनै पनि स्तरिय छैनन्, धेरै लेखिन र बनाइन बाँकी छ भनेर बुझियो ।

:) लर्नरके.टि.एम १४:४७, ४ अप्रिल २०१५ (युटिसी(UTC))
कुरा सही हो ! हामी स्तरीय छैनौँ र त स्तरीय हुने ठाउँ खाली छ । हामी सबै मिलेर त्यो स्थान हासिल गर्न सक्ने छौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १६:१९, ४ अप्रिल २०१५ (युटिसी(UTC))

विकिडेटामा कुनै भाषामा एक लेखलाई अर्को भाषाको अर्को लेखसँग लिंक गरिएको छ भने त्यलाई हटाएर सहि लेखसँग लिंक दिन सकिएको छैन जस्तै:- यो लेखलाई नेपाल भाषाको विकिपीडियामा यो लेखमा अर्कै लेखसँग लिंक गरिएको छ । त्यसलाई हटाएर सही लिंक दिन सकिएन । यस्ता धेरै लेखहरू भेटिएका छन् अर्को भाषाको विकिपीडियामा त्यो नामको लेखहरू बनेका त छन् तर लिंक अर्को भाषाको अर्कै लेखसँग गरिएकोले लिंक गर्न निकै समस्या भएको छ । यसको लागि के गर्ने ? सहि जानकारी पाएको भए म लगायत सबै सहभागीहरूलाई सजिलो हुने थियो ।-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल

१३:४८, ५ अप्रिल २०१५ (युटिसी(UTC))
हो सर यो समस्या मैले पनि धेरै ठाउँमा देखेँ।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १४:०६, ५ अप्रिल २०१५ (युटिसी(UTC))

एक्ला लेखहरू सम्पादन गर्नुहोस्

@Learnerktm:,@Tulsi Bhagat:,@राम प्रसाद जोशी:: यहाँ छन् भाषा नभएका एक्ला लेखहरू र टेम्प्लेटहरू ।

प्रतियोगिताको नियम सम्बन्धमा सम्पादन गर्नुहोस्

प्रिय आयोजक मित्रहरू ! प्रतियोगिताको नियम सबै सहभागीहरूको लागि एउटै रहेकोले म तपाईंहरूको ध्यान आकर्षकण गराउँदै छु । यसमा मोबाइल प्रयोगकर्ताहरूको लागि छुट्टै र डेस्टप प्रयोगकर्ताहरूका लागि छुट्टै नियम राख्दा ठिक होला किनकी प्रतियोगितामा धेरै जसो सहभागीहरू डेस्टप प्रयोगकर्ता रहेका छन् । मोबाइल प्रयोगकर्ताहरूले कम्प्युटर प्रयोगकर्ताको दाँजोमा सम्पादन गर्न कुनै हालतमा पनि सक्दैनन् । यदी सबैको लागि अहिले कै नियम लागु हुने भए मोबाइल प्रयोगकर्ता मित्रहरूले मिहनेत नगर्दा हुन्छ । आफ्नो सहभागिता फिर्ता लगेर त्यत्तिकै योगदान गर्दा राम्रो होला । म पनि एक मोबाइल प्रयोगकर्ता भएकोले मैले यो अनुमान लगाएँ । यदी नियममा परिवर्तन गर्न सकिन्न भने म आफ्नो सहभागिता फिर्ता लिएर त्यत्तिकै योगदान गर्ने छु । म कम्प्युटर प्रयोगकर्ताहरूसँग प्रतियोगितामा भाग लिन चाहन्न । कुनै मोबाइल प्रयोगकर्ता मित्रहरू प्रतियोगितामा भाग लिनुहुन्छ भने लिनुहोस् । म यस प्रतियोगितामा सहभागी हुन्न । यदी नियममा परिवर्तन गरी मोबाइल प्रयोगकर्ताको लागि छुट्टै व्यवस्था गरिएमा सहभागी रहन पनि सकियो । नियममा परिवर्तन गर्न सकिन्न भने मेरो आजसम्मको सम्पादन म आफ्नो खुसीले प्रतियोगितामा सहभागी हुने कुनै मोबाइल प्रयोगकर्ता मित्रको सम्पादनमा थपेर म प्रतियोगिताबाट बाहिरिने छु । स्मरण रहोस् प्रतियोगिताबाट बाहिरिए पनि डेटाथनमा मेरो योगदान जारी रहने छ । -- आर॰पी॰ जोशी वार्ता योगदान इमेल

०५:०२, १२ अप्रिल २०१५ (युटिसी(UTC))

यो प्रतियोगिता कस्तो प्रतियोगिता हो र यसमा के हुन्छ अनी साचै पुरस्कार पाईन्छ Sanjit.khulal (कुरा गर्ने) ०९:३५, १२ अप्रिल २०१५ (युटिसी(UTC))

Sanjit.khulal जी, डेटाथन नेपाली विकिपिडियामा भएका लेख तथा पृष्ठहरूलाई विकिडेटा तथा अन्य भाषाहरूका पृष्ठसँग जोड्नको लागि सम्पादन गर्ने अनलाइन प्रतियोगिता हो । यो प्रतियोगिता २०१५ मा १ अप्रिलदेखि ३० अप्रिलसम्म सञ्चालन भईरहेकोछ । यस प्रतियोगितामा नियम अनुसार बढी सम्पादन गर्ने व्यक्तिलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । थप जानकारीको लागी डेटाथन मा हेर्नुहोला । कुरा गर्ने १०:३०, १२ अप्रिल २०१५ (युटिसी(UTC))
user:nirjal stha मलाइ अज कसरी डेटाथन सम्पादन गने बारे अज जानकारी दिनु हुन अनुरेाद गदछु video भए अज राम्रेा हुन्येा Sanjit.khulal (कुरा गर्ने) ०९:५४, १३ अप्रिल २०१५ (युटिसी(UTC))
डेटाथनमा कसरी सम्पादन गर्ने सम्बन्धमा विकिपीडिया:डेटाथन § कसरी सम्पादन वा योगदान गर्ने ?मा हेर्नु होला साथै प्रतियोगिताको नियमलाई पनि अध्ययन गर्नु हुन अनुरोध गर्दछु । कुरा गर्ने ०९:५९, १३ अप्रिल २०१५ (युटिसी(UTC))

विकिडेटामा स्टेटमेन्ट थप सम्पादन गर्नुहोस्

@Tulsi Bhagat: विकिडेटामा स्टेटमेन्ट थप कसरी गर्ने भन्ने जानकारी सुधार गर्न सहयोग गर्न सक्नुहुन्छ ? लेवल र वर्णन पनि सामग्री राखिदिनुहोला हालको सामग्री अपूर्ण छ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:००, १९ अप्रिल २०१५ (युटिसी(UTC))

@सरोज कुमार ढकाल: ल हुन्छ । -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १४:०६, १९ अप्रिल २०१५ (युटिसी(UTC))
@Tulsi Bhagat: धन्यवाद धेरै राम्रो काम ।--सरोज(Saroj) (कुरा गर्ने) ०४:१८, २० अप्रिल २०१५ (युटिसी(UTC))
परियोजना पृष्ठ "डेटाथन"मा फर्कनुहोस्।