विकिपिडिया:विकिमेनिया २०१८ प्रतिवेदन
विकिमेनिया विकिमिडियाको एक वार्षिक सम्मेलन हो । यसमा विकिपिडिया र यसका भातृपरियोजनाहरूका स्वयंसेवकहरूको सम्मेलन, वार्तालाप, भेटघाट, विकी शत्र तथा ह्याकाथन हुने गर्छ । यस बर्षको विकिमेनिया २०१८ दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना भएको थियो । यस विकिमेनियामा ७० राष्ट्रका विकिमिडियनहरूको सहभागिता रहेको थियो, जस मध्ये नेपालबाट ५ जना विकिमिडियनहरू सहभागी भएका थिए ।
नेपालबाट सहभागी विकिमिडियनहरू
सम्पादन गर्नुहोस्कार्यक्रमहरूमा सहभागिता
सम्पादन गर्नुहोस्- डिजिटल राइट, विकिडेटा, विकिमिडिया कमन्स, विकि लभ्स अर्थ र विकि लभ्स मोन्युमेन्ट्स, कन्टेन्ट ट्रान्सलेसन, विकी शिक्षा कार्यक्रम, विकिमेड, इन्टरनेट उपनिवेशीकरण, विकिमिडिया रणनीति आन्दोलन २०३०, ग्ल्याम तथा उबुन्टु कसको लागि? जस्ता विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी भइयो ।
- एसियाका भाषाहरूका विकिपिडियामा भइरहेको गतिविधिहरू बारे जानकारी आदान-प्रदानको लागि भेटघाट कार्यक्रममा भाग लिइयो ।
- न्यु रिडर्स (नयाँ पाठक) कार्यक्रम अन्तर्गत नेपालमा मैथिली विकिपिडियाको लागि भइरहेको प्रचार प्रसार कार्यक्रम सम्बन्धमा विप्लव आनन्दले प्रस्तुतीकरण दिएका थिए ।
- निर्मल दुलाल र नबिन सापकोटाले translatewiki.net को सेसनमा सहभागी भई विकिमेडियाका अत्यावश्यक सूचनाहरूलाई नेपाली भाषामा अनुवाद तथा अपडेट गरे ।
सिकाइ तथा उपलब्धिहरू
सम्पादन गर्नुहोस्- स्तरीय श्रव्य प्रस्तुतीकरण बनाएर नेपालमा कसरी विकी शिक्षा कार्यक्रमहरू, आउटरिच कार्यक्रमहरू सञ्चालन गर्न सकिने ।
- सामान्य ढाँचा तथा मोड्युल प्रयोग गरेर कसरी साना विकिपिडियाहरूमा लेख स्तरीय बनाउने ।
- नेपालका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनहरूलाई एक थलोमा जम्मा गरी नयाँ विचार र भेटघाट गराउन विकिपिडिया राष्ट्रिय सम्मेलन (विकी क्याम्प नेपाल) गर्न थप अनुभव प्राप्त भयो ।
- कार्यक्रमको अन्तिम चरणमा विकिपिडियाको सह-संस्थापक जिमी वेल्सलाई मायाको चिनो स्वरूप विकिमिडियन्स अफ नेपालको कप प्रदान गरियो ।
तस्बिरहरू
सम्पादन गर्नुहोस्-
विकिमेनिया २०१८ रजिष्ट्रेसन डेस्क
-
विकिमेनिया २०१८ उद्घाटन समारोह
-
आवद्दता समिति (एफिलिएसन कमिटी)का सदस्यसँग प्रयोगकर्ता समूहको बारेमा छलफल गर्दै विकिमिडियन्स अफ नेपालका सदस्य नविन सापकोटा
-
स्टलमा राखिएका विकिमिडियन्स अफ नेपाल तथा विकी विमिनको स्टिकरहरू
-
जिमी वेल्ससँग मैथिली विकिमिडियनहरू
-
क्याथरिन माहेरसँग पंकज देव
-
विकिमेनिया २०१८ समापन समारोह
- नोट: यो प्रतिवेदन विकिमेनिया २०१८ मा सहभागी भएका नेपाली विकिमेडियनहरू अनुभवको आधारमा तयार पारिएको हो ।