विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज सम्पादन गर्नुहोस्

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बिषहजारी ताल

चितवन राष्ट्रिय निकुञ्ज (अङ्ग्रेजी: Chitwan National Park; पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी (३६० वर्ग माइल) छ । यसको अवस्थिति उंचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ ।

चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिक कामहरु कसरा बाटनै हुने गर्दछन । सन् १९५१ सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Aaniyo,बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: नेपालको मुख्य पर्यटकीय स्थान भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५२, २२ अप्रिल २०१५ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा मे महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- कुरा गर्ने ०५:२२, २४ अप्रिल २०१५ (युटिसी(UTC))

१३:१९, २२ अप्रिल २०१५ (युटिसी(UTC))