विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/एकदिवसीय क्रिकेट खेलमा बढी रन बनाउने खेलाडीहरूको सूची

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची सम्पादन गर्नुहोस्

सचिन तेन्दुलकर

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ बर्षपछि भारतका मोहम्मद अजहरुद्दीन तोड्न सफल भए । अजहरुद्दीनको यो रेकर्ड पनि उनकै समकक्षी सचिन तेन्दुलकरले सन २००२ को अक्टोबरमा भेट्टाउन सफल भए । त्यसको एक वर्षपछि, घरेलु मैदानमा अस्ट्रेलिया विरुद्धको शृङ्खलामा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भए । २०१५ को अक्टोबर सम्ममा, ६ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये ४ जना खेलाडीहरू श्रीलंका र ३ जना भारतका छन् । यस्तै पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिजदक्षिण अफ्रिकाका एकएक खेलाडीले १०,००० रन पुरा गरेका छन् ।

बंगलादेश, इङ्गल्यान्ड, न्युजिल्यान्डजिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१२, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा नोभेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२४, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))