विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/Pitambar Bhattarai
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भएन--nShrestha २१:५३, ३० अप्रिल २०२० (नेपाली समय)
विषयसूची
स्थिति: अस्वीकृत
Pitambar Bhattarai (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- २८ अप्रिल २०२० ०९:५९ युटिसी भन्दा पूर्व नसकिने
म, पिताम्बर भट्टराई, नेपाली विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ तथा पुर्व प्रबन्धक रहेर पनि निकै योगदान दिएको छु। नेपाली विकिपिडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै सम्पादनमा योगदान दिईरहेको छु। हालमा मीडियाविकिका केहि अनुवाद कार्यहरूमा लागिरहेको छु । म सिसप भएर नेपाली विकिपिडियाको विस्तारमा अझ सक्रिय हुन सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु। सिसप पदको लागि जिम्मेवारी पाउनेछु भन्ने आशा छ। धन्यवाद! Pitambar Bhattarai (कुरा गर्ने) १५:४४, २१ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
सम्पादन गर्नुहोस्- तपाई पहिलेदेखिनै थुप्रै योगदानहरू दिँदै आउनुभएको छ र पूर्व प्रबन्धक पनि हुनुहुन्छ। तपाई जस्तो उर्जावान व्यक्तिलाई समर्थन गर्नुनै हामी सबैको कर्तव्य हो। मेरो तर्फबाट तपाईलाई पूर्ण समर्थन छ।-हिमाल सुबेदी (कुरा गर्ने) १८:५६, १० वैशाख २०७७ (नेपाली समय)
- पिताम्बर ज्युले, पहिला प्रबन्धक भएर योगदान दिनु भएको थियो , अहिले पुन: यस नेपाली विकिपिडियामा नयाँ जोश र जाँगरको साथ फर्किनु भएको छ। म तपाईलाई विरोध गरेर तपाईको आत्मबल घटाउने वा निरुत्साहित गर्ने काम फिटिक्कै गर्दिन तथापि, तपाईद्वरा सृजना गरिएका लगभग १०-१५ वटा पृष्ठले प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाएको छु। कृपया त्यसलाई सके सम्म सुधार गर्नु हुन्छ भन्ने आशा लिएको छु। तपाईको नयाँ जोश र जाँगर प्रति मेरो निर्विरोध समर्थन छ। मेरो विचारमा तपाई प्रबन्धक बन्न योग्य प्रयोगकर्ता हो, सुक्रन जजिलन। पर्वत सुबेदी (कुरा गर्ने) १२:५३, १० वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
विरोध
सम्पादन गर्नुहोस्- विरोध, २ वर्षको निष्क्रियता पछि अचानक आएरै प्रबन्धक अधिकारको लागि निवेदन राख्नुभएको छ; मेरो विचारमा कम्तीमा ३ अथवा ६ महिना सक्रिय भएपछि मात्र पुनः निवेदन राख्दा सहर्षस्वीकार गर्ने छु। धन्यवाद! — तुलसी भगत [ योगदान | वार्ता ] १२:०२, २२ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- विरोध, (Bhupendra Shrestha (कुरा गर्ने) १३:१६, २२ अप्रिल २०२० (नेपाली समय))[जवाफ दिनुहोस्]
छलफल
सम्पादन गर्नुहोस्- Biplab Anandद्वारा प्रश्न
- नेपाली विकिपिडियामा नीति तथा दिशानिर्देशहरूको अभावमा भैरहेको समस्यालाई कसरी हेर्नुहुन्छ? यस समस्यालाई समाधान गर्न के-कस्ता उपायहरू आवश्यक छन् साथै सामुदायिक छलफल/वार्तामा सक्रिय प्रयोगकर्ताहरूको उपस्थिति न्यून रहेको कुरा तपाईँलाई विदितै होला, यस किसिमको छलफल/वार्तामा सक्रिय प्रयोगकर्ताहरूको उपस्थिति कसरी बढाउन सकिन्छ?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:१४, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- नेपाली विकिपिडियामा नीति तथा दिशानिर्देशहरूको अभावमा भैरहेको समस्यालाई समाधान गर्न हरेक सक्रिय योगदनकर्ता, प्रबन्धक तथा प्रशासकहरूलाई कम्तिमा तीन देखि पाँच वटा (आवश्यक अनुसार) नीति शीर्षकहरू छुट्याएर त्यसमा काम गर्न सकियो भने यो समस्याको सहज समाधान हुन्छ। मलाई बिषय र समय दिनुस म यस कार्यमा लागीपर्नेछु। हुन त यो स्व इच्छाले सम्पादन गर्ने थलो हो तैपनि नीति तथा दिशानिर्देशहरू निर्माण जस्ता महत्वपुर्ण कार्यहरूको लागी केहि विकिपरियोजनाको आयोजना गरेर पनि गर्न सकिन्छ। स्व इच्छाले सम्पादन गर्ने थलो भएकाले जो व्यक्तिको जुन बिषयमा लगाव हुन्छ त्यस व्यक्तिले त्यहि बिषयमा अभिरुचि राखी छलफल/वार्तामा सक्रिय हुने कुरा हो यस अर्थमा प्रबन्धक तथा प्रशासकहरूले त्यस्ता व्यक्ति र बिषयहरूको पहिचान गरि उनीहरूलाई छलफल/वार्तामा सहभागी गराउन सकिन्छ। धन्यवाद!- Pitambar Bhattarai (कुरा गर्ने) १७:२६, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- यो कार्यको बारेमा तपाईको के के धारणाहरू छन्? प्रबन्धकको रुपमा कार्यहरू गर्दा तपाईको शक्ति र कमजोरीहरू के के रहनेछन्? के के कार्यहरू गर्न तपाई तयार हुनुहुन्छ र के के कार्य गर्न तपाई तयार हुनुहुन्न जस्तो लाग्छ? तपाईलाई हालको प्रबन्धनमा कुन कुन कुराहरू परिवर्तन हुनपर्छ जस्तो लाग्छ? यी प्रश्नहरूको सहि वा गलत उत्तरहरू छैनन्, तपाईको यस कार्य प्रतिको धारणा मात्र जान्न चाहेको हो।-BRP ever १८:०१, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- विकिपिडिया प्रबन्धन अहिले र पहिले सबै समयमा राम्रो थियो र छ। म प्रबन्धक भएको खण्डमा ढाँचा, मीडियाविकि, मोड्युल आदिलाई नेपाली भाषामा अनुवाद गर्ने रहेको छ।- Pitambar Bhattarai (कुरा गर्ने) १३:३६, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- यहाँलाई के कति समयको लागि प्रबन्धक अधिकार चाहिएको हो र त्यो समयमा के के कामहरू गर्ने सोच्नुभएको छ? यो विषयमा अलिकति प्रष्ट पारिदिनुहोला।--Nirajan pant (कुरा गर्ने) १०:०३, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- खासमा म निरन्तर योगदान गर्न चाहान्छु तर मेरो कार्य व्यस्तताले गर्दा बिगतका दिनहरूमा विकिमा समय दिन सकिरहेको थिइन। मैले ढाँचा, मीडियाविकि, मोड्युल आदिलाई नेपाली भाषामा अनुवाद गर्ने रहेको छ। यदि प्रबन्धक अधिकार सफल नभएको खण्डमा मलाई यी कार्यका लागी ढाँचा सम्पादक अधिकार नै पर्याप्त हुन्छ।- Pitambar Bhattarai (कुरा गर्ने) १३:३६, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- निर्णय
स्पष्ट सहमति नभएको कारणले आवेदनलाई असफल घोषित गरियो।-- nShrestha २१:५३, ३० अप्रिल २०२० (नेपाली समय)