वार्तालाप:दसैँ
दसैँ प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् । | ||||
|
विकिपरियोजना हिन्दु धर्म | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
Untitled
सम्पादन गर्नुहोस्दसैं नामक लेख हटाइएको छ। त्यसमा भएको निम्न लिखित जानकारि यहाँ राखिएको छ।
दशैँ (पर्यायवाची शब्द: विजया दशमी, ठूलो दशैँ; नेपाल भाषा: मोहनी; हिन्दी: नवरात्री) हिन्दूहरूको एक महान चाड हो। नेपाल अधिराज्यमा सबै भन्दा धेरै मानिसले मनाउने चाड हरूमध्ये यो एक प्रमुख चाड हो।
दशैँ: दशैँ नेपालीहरू र विशेषत: नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएका हुनाले यसलाई 'दशैँ'वा 'विजया दशमी' का नामले पनि चिनिन्छ। हिन्दू चान्द्रमासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू एउटै गते र तारिखमा नपर्ने हुनाले 'दशैँ' पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्न सक्छ। 'दशैँ' आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुन्छ र यो पहिलो दिनलाई 'घटस्थापना' भनिन्छ। दसैं प्रतिपदा(घटस्थापना) देखि पूर्णिमा(कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिन लाई नवरात्रि र दसौ दिन लाई दशमी वा दसैं भनिन्छ|यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा(घटस्थापना), सप्तमी(फूलपाती),महाअष्टमी(कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दसैको प्रमुख तिथि हरू हुन|
नेपाली समाजमा महत्व
सम्पादन गर्नुहोस्नेपाली समाजमा दसैंको निकै ठूलो महत्व छ। यस चाडका विशेषताहरू तल वर्णन गरिएका छन्:
- टिका थाप्ने
दसैंको टिकाको दिन ठूलाबडाहरूबाट टिका ग्रहण गर्ने चलन छ। सो चलन अनुसार घरभन्दा पर तथा विदेशमा गएका नेपालीहरू पनि घर फर्किन्छन्।
- टिकाको आशिष
आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे
ऐश्वयं नहुषे,गतिश्च पवने, मानं च दुर्योधने।।
शौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते
विज्ञानं विदुरे भवतु भवतां, कीर्तिश्च नारायणे।।
- देवी बन्दना:
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा, क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते।
- काठमाडौंमा पचली भैरबनाथको जात्रा
Ramro chha.... Bhimraul (कुरा गर्ने) १६:४५, २ अक्टोबर २०१५ (युटिसी(UTC))
Who is the best person in the world ?
सम्पादन गर्नुहोस्Yes, that's Amshu Nepal . अंशु नेपाल (कुरा गर्नुहोस्) १४:१४, २१ अक्टोबर २०२२ (नेपाली समय)
शुद्धिकरण
सम्पादन गर्नुहोस्दसैँ यस्तो हाेइन [दशैँ ]यस्तो हुन्छ अंशु नेपाल (कुरा गर्नुहोस्) १४:१७, २१ अक्टोबर २०२२ (नेपाली समय)
- अंशु नेपाल, नेपाली बृहत् शब्दकोशको अनुसार, दसैँ यस्तो हुनुपर्छ --बडा काजी (कुरा गर्नुहोस्) १८:५५, २३ अक्टोबर २०२२ (नेपाली समय)