वसुन्धरा झरना भारतको उत्तराखण्डमा रहेको बद्रीनाथ नजिकै अवस्थित एक झरना हो।

वसुन्धरा झरना
वसुन्धरा झरना is located in भारत
वसुन्धरा झरना
नक्सा
स्थानउत्तराखण्ड, भारत
निर्देशाङ्क३०°४७′१७″N ७९°२७′०७″E / ३०.७८८°N ७९.४५२°E / 30.788; 79.452निर्देशाङ्कहरू: ३०°४७′१७″N ७९°२७′०७″E / ३०.७८८°N ७९.४५२°E / 30.788; 79.452
जम्मा उचाइ४०० फिट (१२० मी)
पानीको धाराअलकनन्दा नदी

भूगोल सम्पादन गर्नुहोस्

उत्तराखण्ड झरनाले घेरिएको छ। वसुन्धरा झरना १४५ मिटर चट्टानको पृष्ठभूमिमा टासिएर रहेको छ। नजिकैको पहाड चौखम्बा, नीलकण्ठ र बालकुन छन्। यो झरना अलकनन्दा नदीमा मिसिन्छ र बद्रीनाथ मन्दिर तिर बग्छ। बद्रीनाथबाट वसुन्धरा झरनाको दूरी ६ किलोमिटर रहेको छ। यो झरनाको उचाइ ४०० फिट (१२० मिटर) छ।[१]

पौराणिक कथा सम्पादन गर्नुहोस्

'वासु' भगवान विष्णुको वसुदेव स्वरूपलाई सन्दर्भित गर्दछ। धारा (संस्कृतमा नदी) भन्नाले 'नदीको मार्ग' हुन्छ त्यसैले 'भगवान विष्णुको मार्ग' भन्ने बुझिन्छ।

पहुँच सम्पादन गर्नुहोस्

माना गाँउ र वसुन्धरा झरना सामान्यतया पर्यटकहरूको लागि मे महिनादेखि अक्टोबर वा नोभेम्बर महिनाको दोस्रो हप्तासम्म बद्रीनाथ मन्दिर सामान्य जनताको लागि खुला हुन्छ। बद्रीनाथ ऋषिकेश, निकटतम रेलवे स्टेसनबाट मोटर वाहनहरूद्वारा पुग्न सकिन्छ।

पदयात्रा सम्पादन गर्नुहोस्

 
वसुन्धरा उपत्यका

दुई घण्टाको यात्रा माना गाउँबाट सुरु हुन्छ। सरस्वती मन्दिर पार गरे पछि, पदयात्रा धेरै ठाडो हुन्छ र वसुन्धरा नदी उपत्यकाका मनोरम दृश्यहरू हेर्न सकिन्छ। पद मार्गमा घाँसे मैदान, ढुङ्गा र झाडीहरू छन्। जुन महिनादेखि अगस्ट महिनाको घाम लागेको दिनमा समेत मौसम हल्का चिसो र हावायुक्त हुन्छ। कहिलेकाहिँ हुस्सु र कुहिरो लागेको हेर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्