बसन्त बहादुर कुँवर (जन्म २८ मार्च १९७०) नेपाल प्रहरीका महानिरीक्षक ( आईजीपी ) हुन्। उनिलाई नेपाल सरकारले २०७९ चैत १० मा नेपाल प्रहरीको शीर्ष पदमा नियुक्त गरेको थियो। [१][२][३]

बसन्त बहादुर कुँवर
30th प्रहरी महानिरीक्षक
पद बहाली
24 March 2023
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
उपराष्ट्रपतिराम सहाय यादव
व्यक्तिगत विवरण
जन्म28 March 1970
Arghakhanchi,Nepal
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

प्रहरी सेवा सम्पादन गर्नुहोस्

प्रहरी महानिरीक्षक कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो ।

  • प्रहरी नायव उपरीक्षक: २०६३ भदौ ८
  • प्रहरी उपरीक्षक : २०७१ फागुन १०
  • प्रहरी वरिष्ठ उपरीक्षक: २०७५ फागुन ६
  • प्रहरी नायब महानिरीक्षक (मधेश प्रदेश प्रहरी कार्यालय/ नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग): २०७९ असार १७
  • प्रहरी अतिरिक्त महानिरीक्षक: २०७९ चैत ६


त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गर्नुभएका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गर्नुभएको थियो ।

पदक सम्पादन गर्नुहोस्

उहाँ प्रहरी सेवाको क्रममा

  • सुप्रबल जनसेवा श्री,
  • गोरखा दक्षिणबाहु चौथो,
  • संयुक्त राष्ट्र संघ पदक,
  • गद्दी आरोहण रजत पदक,
  • वीरेन्द्र ऐश्वर्य सेवा पदक,
  • दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित हुनुहुन्छ ।

तालिम सम्पादन गर्नुहोस्

साथै उनले प्रहरी निरीक्षक आधारभूत तालिम,

  • मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम,
  • विशिष्ट व्यक्तिको सुरक्षा तालिम,
  • अपराध अनुसन्धान तालिम,
  • प्रशिक्षक प्रशिक्षण तालिम,
  • ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष,
  • जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी,
  • कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट,
  • स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम,
  • ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स,
  • प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम,
  • महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम,
  • करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल,
  • अपराध व्यवस्थापन कोर्ष,
  • द्वन्द्व व्यवस्थापन तालिम र
  • रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गरेका छन् । ।

प्रारम्भिक र नीजि जीवन सम्पादन गर्नुहोस्

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा भिम बहादुर कुँवर र नम कुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा हुनुहुन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Republica, "Basanta Bahadur Kunwar is new IG of Nepal Police", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२५ 
  2. "प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित", नेपाल प्रहरी, २०७९-१२-१२। 
  3. "प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित", नेपाल प्रहरी, नेपाल प्रहरी, २०७९-१२-१२। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्