लुइस भान गाल
एलोसियस पलस मारिया भान गाल, लुइस भान गाल नामले विश्वविख्यात (डच उच्चारण: [luˈʋi vɑŋ ˈɣaːl]; जन्म ८ अगस्ट १९५१), डच फुटबल प्रबन्धक हुन जो हाललाई म्यानचेस्टर युनाइटेड फुटबल क्लब का प्रबन्धक हुन । उनले यसअघि एएफसी एज्याक्स, एफसी बार्सिलोना, एजेड, बायर्न म्युनिख र नेदरल्यान्ड राष्ट्रिय फुटबल टिममा पनि प्रबन्धकको पदभार सम्हालिसकेका छन् । सर एलेक्स फर्गुसनको विदाइसँगै डेविड मोइसको असफलतालाई पछ्याउँदै भान गालले म्यान्चेष्टर युनाइटेडको पदभार सम्हालेका हुन् । प्रशिक्षकको रूपमा विख्यात हुनुअघि, भान गालले रोयल आन्टवर्प, टेलस्टार, स्पार्टा रोट्टरडाम र एजेडका लागि मिडफिल्डरका रूपमा खेलेका थिए । उनी जिम्नास्टीक शिक्षक पनि हुन् ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | एलोसियस पलस मारिया भान गाल | ||
जन्म मिति | ८ अगस्ट १९५१ | ||
जन्म स्थान | एमस्टरड्याम, नेदरल्यान्ड | ||
उचाइ | १.८५ मी (६ फिट १ इन्च)[१] | ||
खेल्ने स्थान(हरू) | मिडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | म्यानचेस्टर युनाइटेड (प्रबन्धक) | ||
युवा करियर | |||
डी मिर | |||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९७२-७३ | एज्याक्स | ० | (०) |
१९७३-७७ | रोयल एन्टवर्प | ४१ | (७) |
१९७७-७८ | टेल्सटार | २५ | (१) |
१९७८-८६ | स्पार्टा | २४८ | (२६) |
१९८६-८७ | एजेड अल्कमार | १७ | (०) |
जम्मा | ३३१ | (३४) | |
प्रबन्धक करियर | |||
१९८६-१९८८ | एजेड फुटबल क्लब (सहायक प्रबन्धक) | ||
१९८८-१९९१ | एएफसी एज्याक्स (सहायक प्रबन्धक) | ||
१९९१-१९९७ | एएफसी एज्याक्स | ||
१९९७-२००० | एफसी बार्सिलोना | ||
२०००-२००२ | नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम | ||
२००२-२००३ | एफसी बार्सिलोना | ||
२००५-२००९ | एजेड फुटबल क्लब | ||
२००९-२०११ | बायर्न म्युनिख | ||
२०१२-२०१४ | नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम | ||
२०१४–२०१६ | म्यानचेस्टर युनाइटेड फुटबल क्लब | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Ronay, Barney (१९ मे २०१४), "Louis van Gaal: an aristocrat of the game", Irish Times, अन्तिम पहुँच २० मे २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा लुइस भान गाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।