लामू अमात्य

नेपालको पहिलो नर्स (१९३२-२०१२)

लामू अमात्य (विवाहपूर्व: लामू पाल्देन) (सन् २७ जनवरी १९३२ – सन् १ जुन २०१२) पहिलो नेपाली उपचारिका (नर्स) थिइन्। [२][३] उनले सन् १९५४ मा नर्सिङ डिग्री प्राप्त गरेर सन् १९५६ मा काम गर्न थालेकी थिइन्। [४] सन् २०१७ (वि. स. २०७३) मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अमात्यलाई मरणोपरान्त नेपालको पहिलो उपचारिका घोषणा गरेको थियो। अमात्यका छोरा योगेश्वर अमात्यले उनको तर्फबाट आधिकारिक प्रमाणपत्र ग्रहण गरेका थिए।[५]

लामू अमात्य
जन्मलामू पाल्देन
(१९३२-०१-२७)२७ जनवरी १९३२
दार्जिलिङ, भारत
मृत्यु१ जुन २०१२(2012-06-01) (उमेर ८०)
राष्ट्रियतानेपाली [१]
पेशाउपचारिका (नर्स)
चिनारीको कारणपहिलो नेपाली नर्स
जीवनसाथीभुवनेश्वर अमात्य
सन्तानयोगेश्वोर अमात्य

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

अमात्यको जन्म सन् २७ जनवरी १९३२ (वि.सं. १९८८ माघ १४) मा भारतको दार्जिलिङमा लामू पाल्देनको नामले भएको थियो। लामू सानै हुँदा उनकी आमाको मृत्यु भएको थियो। उनका बुबा सिरदार कर्मा 'पल' पाल्देन पर्वतारोही थिए। पाल्देन मूलतः सोलुखुम्बु जिल्लाका थिए । उहाँ सन् १९२४ को ब्रिटिस सगरमाथा आरोहण अभियानमा जर्ज म्यालोरी र एन्ड्रयु स्यान्डी इर्भिनका सहायक र अनुवादक थिए। पछि, कर्मा दार्जिलिङमा बसाइँ सरे, जुन त्यतिबेला प्रमुख पर्वतारोहण केन्द्र थियो। लामूकी आमाको मृत्युपछि कर्माले दोस्रो विवाह गरेका थिए।

लामूलाई उनको शिक्षाको लागि कोलकाता पठाइयो, जहाँ उनी हुर्किइन्। उनले सन् १९५४ मा कोलकाता मेडिकल कलेजबाट नर्सिङको डिग्री प्राप्त गरेकी थिइन्। [६]

विवाह सम्पादन गर्नुहोस्

लामू अमात्यले आफ्नो भावी पति भुवनेश्वर अमात्यलाई कोलकातामा भेटिन्, जब उनी नर्सको रूपमा प्रशिक्षण लिइरहेकी थिइन्। भुवनेश्वर अमात्य कोलकातामा दन्त चिकित्सा पढ्दै थिए। एक दिन उनी आफ्नो खुट्टाको उपचारको लागि कोलकाता मेडिकल कलेज गएको समयमा उनले लामूलाई भेटे र उनी दुई बिच प्रेम हुन पुगेको थियो। भुवनेश्वर अमात्य उनलाई बारम्बार भेट्न जान्थे। उनिहरूले सन् १९५३ मा विवाह गरेका थिए। सन् १९५४ मा नर्सिङको डिग्री पूरा गरेपछि उनीहरू नेपाल फर्किए र उनी नेपालको अङ्गीकृत नागरिक भइन्।[७]

उपचारिका जीवन सम्पादन गर्नुहोस्

अमात्य काठमाडौं आएका बेला नेपालमा मातृ मृत्युदर निकै बढेको थियो। राजा महेन्द्रकी पत्नी इन्द्रराज्यलक्ष्मी शाहको पनि सन् १९५० मा सुत्केरीकै क्रममा मृत्यु भएको थियो। महेन्द्रले अमात्यको काठमाडौंमा आगमनको खबर सुनेपछि उनलाई भेटेका थिए। उनले उनलाई काठमाडौंमा नर्सिङ स्कुल खोल्न आग्रह गरे यसैको फलस्वरूप सन् १९५६ मार्च १३ (वि.सं. २०३२ फाल्गुन ३०) मा अमात्यले क्षेत्रपाटीमा एउटा भवन भाडामा लिएर नेपालको पहिलो नर्सिङ स्कुल खोलेकी थिइन्। लामुको नेतृत्वमा नेपाल नर्सिङ सङ्घ पनि स्थापना भएको थियो। [८]

पहिलो नेपाली उपचारिका उपाधि सम्पादन गर्नुहोस्

उनी र उमादेवी दासबीच लामो समयदेखि पहिलो नेपाली नर्सको उपाधिको बहस चलेको थियो। सन् २०१७ अप्रिल ३० (वि.सं. २०७३ माघ ७) मा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन थापाले अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेका थिए।[९] अमात्य र दासको परिवार दुवैले पहिलो नेपाली नर्सको उपाधि दाबी गर्ने सम्बन्धमा प्रमाण पेश गरेका थिए र ती प्रमाणका आधारमा अमात्यको फैसला गरिएको थियो। अमात्यलाई मरणोपरान्त उपाधि र प्रमाणपत्र प्रदान गरिएको थियो। लामू अमात्यका छोरा योगेश्वर अमात्यले उनको तर्फबाट आधिकारिक प्रमाणपत्र ग्रहण गरेका थिए।[१०]

व्यक्तिगत जीवन र मृत्यु सम्पादन गर्नुहोस्

उनको अल्जाइमर रोगका कारण सन् २०१२ जुन १ (वि.सं. २०६९ जेठ १९) मा निधन भएको थियो। उनका छोरा योगेश्वर अमात्य एक लोकप्रिय नेपाली गायक हुन्।[११]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पहिलो नेपाली नर्स - कालोपर्दा" (नेपालीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२२-१०-१३ 
  2. "South Asia's nursing tradition goes back to ancient times | MENAFN.COM", menafn.com, अन्तिम पहुँच २०२२-१०-१३ 
  3. "स्व लामु अमात्य नेपालको पहिलो नर्स घोषित", Sansar News (नेपालीमा), २०१७-०४-३०, अन्तिम पहुँच २०२२-१०-१३ 
  4. "स्व.लामु अमात्य नेपालको पहिलो नर्स घोषित", Imagekhabar - Online News Portal of Nepal (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  5. "Government declares late Lamu Amatya Nepal's first nurse", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-१०-१३ 
  6. "लामू अमात्य, नेपालकी पहिलो नर्स अर्थात ‘नेपाली फ्लोरेन्स नाइटिङ्गल’।", nepali.oldphotosofnepal.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  7. "पहिलो नेपाली नर्स - कालोपर्दा" (en-USमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२२-१०-१३ 
  8. "नेपालको पहिलो नर्स लामु अमात्य (भिडियो)", Breaknlinks (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१३ मिति
  9. "नां जाम्ह गायक योगेश्वरया मां लामु अमात्य नेपाःया न्हापाम्ह नर्स घोषणा | नेवा: अनलाइन न्युज", www.newaonlinenews.com (newमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  10. "स्वर्गीय लामू अमात्य नेपालको पहिलो नर्स", अनलाइन पत्रिका (नेपालीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२२-१०-१३ 
  11. "The flamboyant Yogeshwor Amatya", mnsvmag.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-१३