योगेश्वर अमात्य
योगेश्वर प्रसाद अमात्य नेपाली गायक, संगीतकार, रेकर्ड निर्माता र फोटोग्राफर हुन्। दुई दशक देखि अमात्य नेपाली सफ्ट रकका स्रष्टा रहेका थिए। उनको रेकर्डहरू १० लाख भन्दा बढी विक्री भएका थिए।
योगेश्वर अमात्य | |
---|---|
वास्तविक नाम | योगेश्वर प्रसाद अमात्य |
जन्म | काठमाण्डौ, नेपाल | ३ अप्रिल १९६४
विधा | सफ्ट रक, पप संगीत, रक संगीत |
पेशा | गायक, संगीतकार, फोटोग्राफर, नायक, रेकर्ड निर्माता, व्यापारी, समाजसेवी |
वाद्ययन्त्र | स्वर, गितार |
सक्रिय वर्ष | सन् १९९५-वर्तमान |
लेबल | सिङ्गल रेकर्ड |
जब सन्ध्या हुन्छबाट गायन प्रारम्भ गरेका योगेश्वरले सन् १९९८को करैकरलेबाट प्रचलित भए।[१] अर्को एल्वम अहिले द्रव्यको आशामा सन् १९९८ मै निकाले जसमा वाक्क दिक्क गीत रहेको छ।
उनकी आमा लामू अमात्य नेपालको पहिलो नर्स थिइन् र उनका बुवा भुवनेश्वर अमात्य चलचित्र उद्योग मा संलग्न थिए ।
स्रोत
सम्पादन गर्नुहोस्- ↑ Thisaway, "Profile of Nepali pop music artist..........: Yogeshwar Amatya", अन्तिम पहुँच १८ सेप्टेम्बर २०१०।