राशी खन्ना
भारतीय मोडल, अभिनेत्री, गायक
राशी खन्ना एक भारतीय अभिनेत्री, र मोडल हुन् जो मुख्य रूपमा तेलुगु र तमिल चलचित्र उद्योगमा काम गर्छिन् । उनले हिन्दी चलचित्र मद्रास क्याफेबाट एक अभिनेत्रीको रूपमा डेब्यू गरिन् र तेलुगुमा चलचित्र ओहलु गुसागुलादेड (२०१४) बाट, तमिलमा चलचित्र इमैक्का नोडिगल (२०१८)बाट डेब्यू गरिन् ।[१][२]
राशी खन्ना Raashi Khanna | |
---|---|
जन्म | नयाँ दिल्ली, भारत |
वासस्थान | हैदराबाद, भारत |
राष्ट्रियता | भारतीय |
शिक्षा | अङ्ग्रेजीमा बी.ए. |
मातृ शिक्षाप्रतिष्ठान | लेडी श्री राम कलेज फर विमेन |
पेशा | अभिनेत्री, मोडल, गायक |
कार्यकाल | २००८–वर्तमान |
उनले यो पछि मनम (२०१४) मा क्यामियो गरिन् ।[३][४] पछि उनी बङ्गाल टाइगर (२०१५), सुप्रीम (२०१६), जय लाव कुसा (२०१७) र ठोली प्रेमा (२०१८) जस्ता व्यावसायिक रूपमा सफल चलचित्रहरूमा देखा परिन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Rashi about Oohalu Gusagusalade". Idle Brain. Retrieved 27 July 2014.
- ↑ "'Language is not a barrier', says Rashi". Times of India. Retrieved 27 July 2014.
- ↑ "I dont believe in Love @ 1st sight". Times of India. Retrieved 25 June 2014.
- ↑ "I'm a Destiny's child". Rediff. Retrieved 25 June 2014.
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा राशी खन्ना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।