राम मोहन (अङ्ग्रेजी: Ram Mohan) एक भारतीय कार्टुन निर्माता र ग्राफिक्स डिजाइनर थिए ।[१] भारत सरकारको फिल्म प्रभागको कार्टुन फिल्म एकाईबाट आफ्नो कार्य जीवनको सुरुवात गरेका मोहनलाई भारतीय एनिमेसनका पिता मानिन्छन् ।[२] उनी सन् १९९५ मा स्थापित, मुम्बईमा अवस्थित ग्राफिटी मल्टिमिडियाका अध्यक्ष र प्रमुख रचानाकारी अधिकृत थिए । सन् २००६ मा उनले ग्राफिटी स्कूल अफ एनिमेसनको स्थापना गरे ।[३]

राम मोहन
मृत्युमुम्बई
राष्ट्रियताभारत भारतीय

सन् १९७२ मा यू सेड इट र सन् १९८३ मा फायर गेम्सका लागि उनले सर्वोत्कृष्ट एनिमेसन फिल्मको श्रेणीमा दुई चोटी राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए ।[४] सन् २००५ मा उनलाई मुम्बई अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा आजीवन उपलब्धि पुरस्कार प्रदान गरिएको थियो ।[५] सन् २०१४ मा उनलाई भारत सरकारद्वारा पद्म श्री प्रदान गरिएको थियो ।[६][७]

बाल्यकाल र शिक्षा सम्पादन गर्नुहोस्

मद्रास विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातक गरेका मोहन आफ्नो स्नातकोत्तरका लागि मुम्बई सरेपनि सन् १९५६ मा उनले भारत सरकारको फिल्म प्रभागको कार्टुन फिल्म एकाईमा काम गर्न थाले । संयुक्त राज्य प्राविधिक सहयोग कार्यक्रममा वाल्ट डिज्नी एनिमेसन स्टुडियोजका क्लेर विक्सबाट उनले कार्टुन निर्माण र एनिमेसनका तरिका सिके । एक, अनेक और एकताका रचनाकार भीमसेन खुराना पनि मोहनसँगै कार्टुन फिल्म एकाई काम गर्थे ।[८]

कार्य जीवन सम्पादन गर्नुहोस्

सन् १९६८ सम्म फिल्म प्रभागमा कार्टुन निर्माताका रूपमा काम गरेका मोहनले सन् १९७२ मा राम मोहन बायोग्राफिक्सको स्थापना गरे जुन सन् १९९८ मा युनाइटेड स्टुडियोजको युटिभी टून्सको भाग बन्यो ।[९]

मीनू मसानीको किताबबाट प्रेरित दिस इज इन्डियाको कार्टुन बनाई मोहनले आफ्नो कार्य जीवनको सुरुवात गरे ।[१०] उनले सन् १९६० देखि सन् १९६७ सम्म कार्टुन फिल्म एकाईका लागि टन्नै कथाको रचना र कार्टुनको निर्माण गरे जसमध्ये सन् १९६७ मा होमो सेप्सले सर्वोत्कृष्ट प्रयोगात्मक पुरस्कारको श्रेणीमा राष्ट्रिय पुरस्कार र सन् १९६८ मा केअसले लिपजीग छोटो चलचित्र उत्सवमा पुरस्कार जिते । उनले सन् १९६७ मा मन्ट्रियलमा आयोजित एनिमेसन फिल्मसम्बन्धि कार्यक्रममा पनि भाग लिएका थिए ।

सन् १९६८ मा उनले फिल्म प्रभाग छोडेर प्रसाद स्टुडियोजमा प्रमुख निर्माताको रूपमा काम गर्न थाले । सन् १९७२ मा उनले राम मोहन बायोग्राफिक्स नामक निर्माण कम्पनीको स्थापना गरे । सन् १९९२ मा उनले जापानका युगो साकोसँग सहनिर्देशन गरेको कार्टुन चलचित्र रामायण: श्री राम कथा पनि यही कम्पनीको रचना हो ।[११]

राम मोहनले बलदेव राज चोपडाको पति पत्नी और वो, सत्यजित रायको शतरंज के खिलाडीमृणाल सेनको भुवन शोमेलगायत अन्य चलचित्रमा पनि एनिमेसनको काम गरेका छन् ।[१०]

राम मोहन भारतीय एनिमेसनका पिता मानिन्छन् । कयौँ भारतीय कार्टुन निर्माताले आफ्ना कार्य जीवन उनको स्टुडियोबाट सुरु गरेका छन् ।

चलचित्र सम्पादन गर्नुहोस्

शीर्षक वर्ष भूमिका टिप्पणी
केअस सन् १९६७ निर्देशक एनिमेटेड छोटो चलचित्र
बाप रे बाप सन् १९६८ निर्देशक एनिमेटेड छोटो चलचित्र

सर्वोत्कृष्ट छोटो चलचित्रको श्रेणीमामा राष्ट्रिय पुरस्कार

हसीना मान जाएगी सन् १९६८ एनिमेसन निर्देशक शीर्षक अनुक्रम
भुवन शोमे सन् १९६९ एनिमेसन
यू सेड इट सन् १९७१ निर्देशक एनिमेटेड छोटो चलचित्र

एनिमेसन फिल्मको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार

शतरंज के खिलाडी सन् १९७७ एनिमेसन निर्देशक
पति पत्नी और वो सन् १९७८ एनिमेसन निर्देशक गीत: "ना आज था ना कल था"
दो और दो पाँच सन् १९८० एनिमेसन निर्देशक शीर्षक अनुक्रम
खूबसूरत सन् १९८० एनिमेसन गीत: "कायदा कायदा"
इन्साफ का तराजु सन् १९८० शीर्षक डिजाइन
बीवी-ओ-बीवी सन् १९८१ एनिमेसन निर्देशक शीर्षक अनुक्रम
नदिया के पार सन् १९८२ तिवारी (ओमकार र चन्दनका काका)
कामचोर सन् १९८२ एनिमेसन निर्देशक
फायर गेम्स सन् १९८३ निर्देशक एनिमेटेड छोटो चलचित्र

एनिमेसन फिल्मको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार

मीना सन् १९९१ - सन् २००१ निर्देशक (सन् १९९१ - सन् २००१, १६ भाग)

पटकथा कलाकार (सन् १९९१ - सन् १९९५, ३ भाग)

संयुक्त राष्ट्र सङ्घीय बालकोषद्वारा निर्मित बाल दूरदर्शन कार्यक्रम
रामायण: श्री राम कथा सन् १९९२ सहनिर्देशक (युगो साकोका साथ) एनिमेटेड चलचित्र

भारतीय-जापानी रचना

पुरस्कार, सम्मान तथा अलङ्कार सम्पादन गर्नुहोस्

  • बाप रे बापको लागि सर्वोत्कृष्ट छोटो चलचित्रको श्रेणीमामा राष्ट्रिय पुरस्कार (सन् १९६९)
  • यू सेड इटको लागि एनिमेसन फिल्मको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार (सन् १९७२)
  • परिवार नियोजन सङ्घ, भारत पटकथा लेखन (सन् १९७४)
  • फायर गेम्सको लागि एनिमेसन फिल्मको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार (सन् १९८३)[१२][१३]
  • कम्युनिकेशन आर्ट्स गिल्ड (सन् १९९६)
  • एडभर्टाइजिङ क्लब अवार्ड (सन् २००१)
  • एज्रा मिर आजीवन उपलब्धि पुरस्कार (सन् २००३)
  • पद्म श्री (सन् २०१४)

मृत्यु सम्पादन गर्नुहोस्

११ अक्टोबर २०१९ मा मुम्बईमा ८८ वर्षको उमेरमा राम मोहनको निधन भयो ।[१४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "भारतीय एनिमेसनका पिता ।", २७ जनवरी २०१४। 
  2. राइट, जीन एन (२००५), एनिमेसन, लेखन र विकास: पटकथा देखि वास्तविकतासम्म ।, फोकल प्रेस, पृ: ३३, आइएसबिएन 978-0-240-80549-8 
  3. "एनिमेटेड सपना ।", द टेलिग्राफ, कोलकाता, ८ जुलाई २००६। 
  4. "२० औँ राष्ट्रिय चलचित्र पुरस्कार ।", अन्तर्राष्ट्रिय भारतीय चलचित्र उत्सव ।, मूलबाट ५ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०५ मिति
  5. "कार्टुन निर्माता सम्मानित ।", द हिन्दु, ५ फेब्रुअरी २००६। 
  6. "कार्टुन निर्मातालाई पद्म श्री ।", २७ जनवरी २०१४। 
  7. "पद्म श्रीको घोषणा ।", पत्र सूचना कार्यालय, सूचना एवम् प्रसारण मन्त्रालय, भारत सरकार, २५ जनवरी २०१४। 
  8. "कार्टुनको लागि कहिल्यै नसक्किने माया ।", द हिन्दु, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २००६-०५-२४ मिति
  9. निकोला डबसन (२००९), एनिमेसन र कार्टुनको ऐतिहासिक शब्दकोश ।, स्केरक्रो प्रेस, पृ: १४, आइएसबिएन 978-0-8108-6323-1 
  10. १०.० १०.१ गुरनानी, आनन्द, "भारतीय एनिमेसनका ३ सर्वोत्कृष्ट व्यक्तिहरू ।", एनिमेसन एक्सप्रेस।  = Archive.today अभिलेखिकरण २०१२-११-२९ मिति
  11. "रामायण चलचित्र ।", द ब्रिटिश लाइब्रेरी बोर्ड, २००८।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  12. "३१ औँ राष्ट्रिय चलचित्र पुरस्कार ।", भारत अन्तर्राष्ट्रिय चलचित्र उत्सव, मूलबाट १२ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०११ 
  13. "३१ औँ राष्ट्रिय चलचित्र पुरस्कार (पिडिएफ) ।", चलचित्र उत्सव निर्देशनालय, अन्तिम पहुँच ९ डिसेम्बर २०११ 
  14. http://www.animationxpress.com/index.php/latest-news/the-father-of-indian-animation-ram-mohan-passes-away-at-the-age-of-88

बाह्य कडी सम्पादन गर्नुहोस्