रामगुवा (वैज्ञानिक नाम: हर्सफिल्डिया किङ्गी) 'माइरिस्टिकेसी' परिवारको एक बहुलिङ्गी वनस्पति हो। यसको रुख २० मिटर अग्लो हुने गर्छ[४] र यसको ठुलो बीउहरू फलफूल खाने चराहरू जस्तै राजधनेशहरित परेवाले टिपेर खाने गर्छन्।[५] यो रुखमा फलफूल लाग्ने अवधि फेब्रुअरी देखि मे महिनासम्म हुन्छ। यसको फल द्वि-रङ्गी हुन्छ।[५]

रामगुवा
Horsfieldia kingii
रामगुवाको फल
रामगुवाको पात
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: म्यागनोलिड्स
गण: म्यागनोलियालेस
परिवार: माइरिस्टिकेसी
वंश: हर्सफिल्डिया
(हुक एफ) वार्ब.[१]
प्रजाति:
H. kingii
वैज्ञानिक नाम
Horsfieldia kingii
(हुक एफ) वार्ब.[१]
पर्याय
  • माइरिसिटिया किङ्गी[२]
  • एच. हाइनानेन्सिस[३]
  • एच. तेत्रातेपाला[३]

यो वनस्पति नेपालको पूर्वी भागमा पाइने गरिन्छ। यसको काण्ड सुरिलो र हाँगाहरू लामा लामा र टुप्पातिर मात्र हुने गरेको छ।[६] यस वनस्पतिको बोक्रा काट्दा रातो रस निस्किन्छ। यसको फूल सानो र पात चौडा, लाम्चा, बाक्ला र चिल्ला तथा झलक्क हेर्दा चिउरीको बोट जस्तो देखिन्छन्। यसको फल हर्रोको जस्तो देखिएता पनि केही फल भने ठुलो र चार इन्चसम्म लामो हुन्छ। यसको फल पाकेपछि दुई फग्लेँटा भई सुपारीको दानाजस्तै हुने गर्दछ।[७]

यसको काँचो फल खाँदा मत्याउने गर्दछ।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Horsfieldia kingii at the International Plant Names Index accessible online
  2. Hooker, JD (1886) Flora of British India 5:106
  3. ३.० ३.१ "The Plant List" 
  4. ४.० ४.१ Chaudhuri, AB (1993) Forest Plants of Eastern India APH Publishing p. 434
  5. ५.० ५.१ Aparajita Datta & Rawat, GS (2008) Dispersal modes and spatial patterns of tree species in a tropical forest in Arunachal Pradesh, northeast India, Mongabay.com Open Access Journal - Tropical Conservation Science Vol. 1(3):163-185 PDF
  6. Kumar, A & Solanki, GS (2008) Population Status and Conservation of Capped Langurs (Trachypithecus pileatus) in and around Pakke Wildlife Sanctuary, Arunachal Pradesh, India.
  7. "जलथलमा कसरी जोगाउने दुर्लभ वन सुपारी रामगुवा?", हिमालखबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१४