राजेन्द्र तारकिणी एक प्रतिभाशाली कवि एवं लेखक हुन् । उनी साठीको दशकदेखि नेपाली साहित्य क्षेत्रमा औपचारिक रूपले देखा परेका हुन् ! नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता (सन् २०१४) मा प्रथम [१] भएका तारकिणीको पहिलो प्रकाशित कृति 'आमाको वेदना' (२०६६) हो ।

राजेन्द्र तारकिणी (Rajendra Tarakini)
जन्मराजेन्द्रप्रसाद पन्त
२०४७ असार १० गते
बैतडी, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षास्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय
चिनारीको कारणतारकिणीद्वारा लिखित बिगन रामको मादल कविता कृति चर्चित छ । मौलिक बिम्बयुक्त, सामाजिक/राजनीतिक चेत तथा वैचारिक हिसाबले गहकिला कविता समावेश भएकाले उक्त कृति पाठकहरूमाझ लोकप्रिय छ ।

वि.सं. २०६७ सालमा उनको खण्डकाव्य नारीपूजा रत्नपुस्तक भण्डार, काठमाडौंले प्रकाशित गरेको थियो । उनकाे 'बहिराे जीवन' नामक मुक्तक संग्रह २०६८ मा प्रकाशित भएकाे थियाे । लामाे अन्तरालपछि उनले २०७९ सालमा 'बिगन रामको मादल' कविता संग्रह प्रकाशनमा ल्याए ।[२] यो संग्रह चर्चामा रहेकाे कृति हाे । समाज, समय र राज्यसत्ता तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका तारकिणीका सशक्त कविताहरू यस संग्रहमा समेटिएका छन् । तारकिणीकाे उक्त संग्रहका कविताबारे चर्चित कवि/लेखक श्यामलले भनेका छन्, 'कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हाेइन, आमसामान्य मान्छेको चिन्ता छ। त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ।’[३]

बिगन रामको मादलका लागि कवि तारकिणीले २०७९ सालको प्रलेस युवा प्रतिभा पुरस्कार वेब्याक मेसिन अभिलेखिकरण २०२३-०८-३१ मिति प्राप्त गरेका थिए । यस कृतिमा निम्न वर्गका पात्रहरुको उपस्थिति तथा तत्कालीन समाज र समयको प्रतिविम्ब उतारिएको छ । यसै सन्दर्भमा कमल सुवेदीले कृतिको समीक्षा गर्दै भनेका छन्, ‘निरीहसित पनि शक्ति हुन्छ, पीडितसित पनि आँट र साहस हुन्छ र बाहिर शान्त देखिनेहरू पनि भित्रभित्रै उद्वेलित हुन्छन्, जसको प्रमाण नै हो प्रस्तुत कृति– बिगन रामको मादल ।’[४]

साहित्य समाजका लागि हुनुपर्छ भन्ने मान्यता राख्ने तारकिणी साहित्य, कविता बुद्धिविलासको साधन वा आत्मरति नभएको बताउँछन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘युगीन चेतना र समसामयिक सामाजिक मुद्दा, विकृति÷विसंगतिविरुद्धका स्वर स्रष्टाको कलममार्फत लेखिनुपर्छ । स्रष्टा सत्ताको विपक्षमा उभिएको हुन्छ, यसो भन्दैमा राज्यका असल कार्यको समेत सधैँ विपक्षमा हुन्छ भन्ने होइन तर शासकवर्गको प्रभुत्व जहिले पनि जनतामाथि हाबी भइरहन्छ । जब जनहितविपरीतका गलत कार्य र अव्यवस्थाले हद नाघ्छ– तब स्रष्टा चुप लागेर बस्न सुहाउँदैन ।’[५]

कवि तारकिणीले हाल सम्म एन.एम. शुभद्रा भानुभक्त काव्य पुरस्कार, धन–इन्दिरा राणा बहिरा प्रतिभा पुरस्कार, क्षेत्रीय ललितकला विशेष पुरस्कार, प्रलेस युवा प्रतिभा पुरस्कार, गोधूली भानु भाषा साहित्य पुरस्कार लगायत एक दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनले साहित्यका अतिरिक्त कला र पत्रकारिता क्षेत्रमा पनि काम गरेका छन् ।

[१] [२]

बाल्यकाल सम्पादन गर्नुहोस्

राजेन्द्र तारकिणीको वास्तविक नाम राजेन्द्रप्रसाद पन्त हाे । उनकाे जन्म बैतडी जिल्लाको न्वादेउ गाविस (हाल : पुर्चौंडी नगरपालिका) स्थित नाकाली गाउँमा भएको हो । साधारण किसान परिवारमा जन्मेका तारिकिणीको बाल्यकाल ज्यादै उतारचढावपूर्णा रह्यो । उनले स्थानीय श्री विणेश्वर प्रा. वि. (हाल : मा.वि)बाट प्राथमिक शिक्षा हासिल गरेका थिए । प्राथमिक तहभरि सधैँ प्रथम र स्कुलटप गर्ने तारकिणीको प्रतिभादेखि उतिबेलै गुरूवर्गहरू अन्यन्त प्रभावित थिए । उनले श्री डिलेश्वरी उमाविबाट (२०६५) सालको एसएलसी (प्रवेशिका परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने ध्येयले राजधानी सहर काठमाडौँ प्रवेश गरे । काठमाडौँ उनका लागि व्यक्तित्व विकासको सुवर्ण अवसर सावित भयो ।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

३. https://www.reportersnepal.com/2020/03/404248

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. http://theuniversaltimes.com/view/16/news-840.html वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०२ मिति
  2. http://setopati.com/samaj/7229/?fb_comment_id=506716409441470_776813332431775