बिगन रामको मादल नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिका लेखक कवि राजेन्द्र तारकिणी हुन्। वि.सं. २०७९ सालमा काठमाडौँबाट शिखा बुक्स प्रकाशनले प्रकाशित गरेकाे यस सङ्ग्रहमा समाज, समय र राज्यसत्ता तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका सशक्त कविताहरू समेटिएका छन्।

बिगन रामको मादल
लेखकराजेन्द्र तारकिणी
भाषानेपाली
विषयकवितासङ्ग्रह
प्रकाशकशिखा बुक्स पब्लिकेशन
प्रकाशित मिति
वि.स. २०७९
पृष्ठ१६०
पुरस्कारप्रलेस युवा साहित्य पुरस्कार, २०७९

तारकिणीकाे उक्त सङ्ग्रहका कविताबारे चर्चित कवि/लेखक श्यामलले भनेका छन्, 'कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हाेइन, आमसामान्य मान्छेको चिन्ता छ। त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ।’[१]

'बिगन रामको मादल' कृतिले वि.सं. २०७९ सालको प्रगतिशील लेखक सङ्घ युवा प्रतिभा पुरस्कार प्राप्त गरेको थियो। यस कृतिमा निम्न वर्गका पात्रहरूको उपस्थिति तथा तत्कालीन समाज र समयको प्रतिविम्ब उतारिएको पाइन्छ। यसै सन्दर्भमा कमल सुवेदीले कृतिको समीक्षा गर्दै भनेका छन्, ‘निरीहसित पनि शक्ति हुन्छ, पीडितसित पनि आँट र साहस हुन्छ र बाहिर शान्त देखिनेहरू पनि भित्रभित्रै उद्वेलित हुन्छन्, जसको प्रमाण नै हो प्रस्तुत कृति– बिगन रामको माद।’[२]

यस सङ्ग्रहमा कवि तारकिणीद्वारा करिब एक दशकसम्म लेखिएका विभिन्न भाव र विषयका कविताहरू सङ्कलित छन्। पुस्तक ६ खण्डमा विभाजित छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-१२-१६ 
  2. "छुट्टै स्वादका कविता", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-१२-१६