राजु विष्ट (जन्म ३ जनवरी १९८६) एक भारतीय राजनीतिज्ञ र सूर्य रोशनी लिमिटेडका प्रबन्ध निर्देशक हुन्। उनी भारतीय जनता पार्टीको सदस्यको रूपमा २०१९ को भारतीय आम चुनावमा पश्चिम बंगालको दार्जिलिङबाट भारतीय संसदको तल्लो सदन लोकसभामा निर्वाचित भएका थिए।[१][२][३] उनी भाजपाका राष्ट्रिय प्रवक्ता हुन्।[४] १४ जुलाई, २०२१ मा, उहाँ भारतीय जनता युवा मोर्चाको राष्ट्रिय महासचिवको रूपमा नियुक्त हुनुभयो।[५]

राजु बिष्ट
संसद सदस्य, लोकसभा
पद बहाली
२३ मे २०१९
पूर्वाधिकारीएस.एस अहलुवालिया
निर्वाचन क्षेत्रदार्जिलिङ
व्यक्तिगत विवरण
जन्म (1986-01-03) ३ जनवरी १९८६ (उमेर ३८)
चरहजारे, मणिपुर, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथी
अनिता बिष्ट
(
वि २००६)
सन्तान(हरू)2
निवास(हरू)दार्जिलिङ, पश्चिम बंगाल
पन्जाबी बाग, पश्चिम दिल्ली
मातृ शिक्षाप्रतिष्ठानप्रेसिडेन्सी कलेज, मोटबुङ (B.A.)
जीवनवृतिव्यापार, सामाजिक कार्य
हस्ताक्षर
Source: [१]

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

विष्टको जन्म ३ जनवरी १९८६ मा मणिपुरको सेनापति जिल्लाको चरहजारेमा विष्णु र प्रभा विष्टको गोरखा परिवारमा भएको थियो । उहाँ कलामा स्नातक हुनुहुन्छ र मणिपुर विश्वविद्यालयसँग सम्बद्ध प्रेसिडेन्सी कलेज, मोटबुङमा पढेका थिए। विष्टले ६ अक्टोबर २००६ मा अनिता विष्टसँग विवाह गरे र उनका दुई छोरी छन् । उनी पेशाले व्यवसायी हुनुका साथै सामाजिक कार्यमा पनि संलग्न छन् ।[६][१]

  1. १.० १.१ "With Raju Bista's victory, Manipur's Nepali community gets its first MP", K Sarojkumar Sharma, The Times of India, २५ मे २०१९, मूलबाट १ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मार्च २०२० 
  2. "33 year-old youth from Manipur is Darjeeling's new MP", Northeast Now, २३ मे २०१९, मूलबाट २४ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०१९ 
  3. Das, Madhuparna (२७ मे २०१९), "Battle in Bengal: It's Gorkhas Vs Gorkhas in Darjeeling", Madhuparna Das (The Economic Times), मूलबाट ११ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मार्च २०२० 
  4. "Raju Bista gets appointed as the national spokesperson of BJP", Siliguri Times, २६ सेप्टेम्बर २०२०, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  5. Sinha, Avijit (१५ जुलाई २०२१), "BJP MP Raju Bista named Bharatiya Janata Yuva Morcha national general secretary", Telegraph India, मूलबाट १५ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२१ 
  6. "Members : Lok Sabha", loksabhaph.nic.in, मूलबाट ५ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१९ 

बाह्य लिङ्कहरू

सम्पादन गर्नुहोस्