पौराणीक कथा

वामनले आफ्नो अन्तिम पाउ बलि राजाको शिरमा राखेर ग्रहण गर्दै उनलाई पाताल. सुतलमा पठाए

महाबलि वा  बलि राजा, प्राचीन हिन्दु मिथक पौराणिक कथा अनुसार एक दानवीर असुर राजा थिए ।  राजा बलि हिरण्यकशिपुका पनाति , प्रह्लादका नाति र विरोचनका पुत्र थिए  ।हिरण्यकशिपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान बिष्णुले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।

बलि ले यज्ञ  समापन गरिरकेको बेलामा, वामन रूप मा ब्राह्मण वेशधारी विष्णु उपस्थित भए । वामनलाई देखेर बलि कि छोरी रत्नमाला आसक्त भइन् र वामनलाई आफ्नो स्तनपान गराउने इच्छा जाग्यो। त्यसपछि राजा बलिले वामनलाई आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यै वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब गुरु शुक्राचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् , तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन । पानी नखसेपछि वामनले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो । संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। वामनले तीन पाउँ जमिन / भुमि दान मागे र संकल्प पूरा हुने बित्तिकै विशाल रूप धारण गरेर  प्रथम दुई पाउँले पृथ्वी र स्वर्ग ओगटे। बाँकी दानको लागि बलिले आफ्नो शिरको नाप दिए ।  यो देखेर बलि कि छोरी रत्नमाला लाई वामन देखि एकदमै क्रोध आयो र मनमा सोचिन् "यो वामनलाई मेरो स्तनमा बिष दलेर चुसाउन पाए"। उनको कुरा बुझेर भगवान ले तिम्रो इच्छा म द्वापरयुगमा कृष्ण अवतार लिएर पुरा गर्दिन्छु भन्नुभयो।[] भगवानले बलिलाई पाताल लोकमा केहि समय बस्न लगाए  । बलिको भक्ति र उदारता देखेर वामन ले उनलाई मनु को समयमा इन्द्र हुने बरदान दिए ।

प्रसंग: श्रीमद्भागवत महापुराण अष्टमस्कन्ध ।

यो पनि हेर्नु होस्

सम्पादन गर्नुहोस्
  1. श्रीमद भागवत अध्याय ८ पाठ २१
पुर्वाधिकारी
विरोचन
दैत्य
अज्ञात
उत्तराधिकारी
वाणासुर