राजविराज विमानस्थल

विमानस्थल

राजविराज विमानस्थल (आइएटिए: RJBआइसिएओ: VNRB) नेपालको मधेश प्रदेश अवस्थित सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट ५ किलोमिटर दक्षिणमा अवस्थित विष्णुपुर गाउँपालिकामा रहेको एक अन्तरदेशीय विमानस्थल हो। वर्तमान समयमा यो विमानस्थलले सप्तरी, सिराहाउदयपुरका वासीहरूलाई सेवा दिइरहेको छ।[३][४] यो विमानस्थलमा एक वटा अन्तरदेशीय टर्मिनल रहेको छ। हाल यो विमानस्थल नेपालको राजधानी सहर काठमाडौंसँग मात्र जोडिएको छ। मधेश प्रदेश मा रहेका ३ वटा अन्तरदेशीय विमानस्थलहरू मध्ये यो समेत एक हो।[५]

राजविराज विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सञ्चालकनागरिक उड्डयन मन्त्रालय
सेवा गर्ने स्थानराजविराज, नेपाल
उचाइ समुद्री सतह२५० ft / ७६ m
निर्देशाङ्क२६°३०′३१″उ॰ ८६°४४′१४″पू॰ / २६.५०८६१°N ८६.७३७२२°E / 26.50861; 86.73722निर्देशाङ्कहरू: २६°३०′३१″उ॰ ८६°४४′१४″पू॰ / २६.५०८६१°N ८६.७३७२२°E / 26.50861; 86.73722
नक्सा
RJB is located in नेपाल
RJB
RJB
नेपालमा विमानस्थलको स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
११/२९ १,५०० ४,९२१ अलकत्रा
स्रोत:[१][२]

११ वर्षसम्म पूर्ण रूपमा बन्द रहेको विमानस्थल जाँच गर्नको लागि नव निर्माणाधीन धावनमार्गमा श्री एअरलाइन्सको विमानले सन् २०१८ मे २३ को दिन सफल अवतरण गरेको थियो।[६]

इतिहास सम्पादन गर्नुहोस्

सन् १९५९ मा नेपाल सरकारको तत्कालीन यातायात मन्त्री गणेशमान सिंहद्वारा आधिकारिक रूपले उद्घाटन गरिएको भएता पनि भौतिक संरचनाको कमी र कच्ची धावनमार्ग भएको कारण विमानस्थल बन्द गर्नु परेको थियो। अनेकौ प्रयास पछि यस विमानस्थलमा विमान सेवा सुचारू भएको थियो तर धावनमार्गको समस्याको कारण विमान सेवा निरन्तर हुन सकेन र अन्तत: सन् २००७ मा सम्पूर्ण विमान सेवा उडान ठप्प भएको थियो।[६]

सन् २०१५ मा नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा यो विमानस्थललाई पुनर्निर्माण गर्नको लागि ३० करोड ३० लाख ७४ हजार ५२८ नेपाली रुपैयाँ बजेट विनियोजित गरेको थियो।[७][८] यो विमानस्थलको पुनर्निर्माण कार्यको लागि सन् २०१६ अक्टोबरमा एक वर्ष छ महिनाभित्र कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित रमण, कान्छाराम, देव एन्ड सायर जेभी नामक कम्पनीलाई ठेक्का प्रदान गरिएको थियो।[९] विमानस्थलको कार्य सम्पन्न भएपछि श्री एअरलाइन्सले सन् २०१८ मे २३ मा पहिलो परीक्षण उडान सफलतापूर्वक गरेको थियो।[१०]

सुविधा सम्पादन गर्नुहोस्

यो विमानस्थल समुद्र सतहदेखि २५० फिट (७६ मी) मा अवस्थित रहेको छ। सन् २०१८ मा धावनमार्गको पुनर्निर्माणपछि यो विमानस्थलको कालोपत्रे धावनमार्गको लम्बाइ १,५०० मिटर (४,९२१ फिट) भएको छ।[६]

विमान र गन्तव्य सम्पादन गर्नुहोस्

विमानसेवागन्तव्य(हरू)
श्री एयरलाइन्स काठमाडौं[११]
बुद्ध एयर काठमाडौं[१२]
 
राजविराज विमानस्थलमा बुद्ध एयर विमान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Airport information for Rajbiraj, Nepal (VNRB / RJB) at Great Circle Mapper.
  2. "Rajbiraj Airport runway finally constructed", The Himalayan Times, १६ अप्रिल २०१८, अन्तिम पहुँच १ मे २०१८ 
  3. "Rajbiraj Airport", Civil Aviation Authority of Nepal, अन्तिम पहुँच १ मे २०१८ 
  4. https://www.aviationnepal.com/shree-airlines-to-conduct-test-flight-for-rajbiraj-airport-with-crj-aircraft/
  5. "राजविराज विमानस्थल वैशाख अन्तिमदेखि सुचारु" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२२ मिति
  6. ६.० ६.१ ६.२ "Rajbiraj Airport resumes operations after a decade", The Kathmandu Post, २५ मे २०१८, अन्तिम पहुँच २५ मे २०१८ 
  7. "News Rajbiraj, Nepal to reopen to traffic in mid-2Q18", ch-aviation, २५ अप्रिल २०१८, अन्तिम पहुँच १ मे २०१८ 
  8. "Rajbiraj Airport ready for test flight as the construction work completes", Aviation Nepal, अन्तिम पहुँच ३ मे २०१८ 
  9. "राजविराज विमानस्थल उडान भर्न तयार" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-०१ 
  10. "Rajbiraj Airport ready to welcome flights on May 3" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०५-२३ 
  11. "Shree Airlines preparing Rajbiraj flights starting from June 24" (अङ्ग्रेजीमा), Aviation Nepal, अन्तिम पहुँच १९ जुन २०१८ 
  12. "#HappyAlert", Buddha Air, अन्तिम पहुँच २० डिसेम्बर २०१९ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्