राजन्ना सिरसिल्ला जिल्ला
राजन्ना सिरसिल्ला जिल्ला भारतको तेलङ्गाना राज्यको एउटा जिल्ला हो। सिरसिल्ला जिल्लाको सदरमुकाम हो। जिल्लाले करीमनगर, सिद्धिपेट, जगित्याल, कामारेड्डी र निजामाबाद जिल्लाहरूसँग सीमाहरू बाँडेको छ।[१]
राजन्ना सिरसिल्ला जिल्ला | |
---|---|
देश | भारत |
राज्य | तेलङ्गाना |
सदरमुकाम | सिरसिल्ला |
मण्डल | १३ |
क्षेत्रफल | |
• कुल | २०१९ किमी२ (७८० वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१६) | |
• कुल | ५५२०३७ |
• घनत्व | २७०/किमी२ (७१०/वर्ग माइल) |
जनसाङ्ख्यिकी | |
• साक्षरता | ६२.७१% |
• लिङ्ग अनुपात | १०१४ |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
भूगोल
सम्पादन गर्नुहोस्जिल्ला २,०३०.८९ वर्ग किलोमिटर (७८४.१३ वर्ग माइल) को क्षेत्रफलमा फैलिएको छ। यस जिल्लाले उत्तरमा जगित्याल जिल्ला, उत्तर पूर्वमा करीमनगर जिल्ला, दक्षिणमा सिद्धिपेट जिल्ला, पश्चिममा कामारेड्डी जिल्ला र उत्तर पश्चिममा निजामाबाद जिल्लाले घेरिएको छ।[२]
जनसाङ्ख्यिकी
सम्पादन गर्नुहोस्भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या ५४६,१२१ छ। यस जिल्लाको साक्षरता दर ६२.७१% रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Names of 6 new districts changed", The Hindu (en-INमा), २२ अक्टोबर २०१६, अन्तिम पहुँच ४ नोभेम्बर २०१६।
- ↑ २.० २.१ "New districts", Andhra Jyothy.com, ८ अक्टोबर २०१६, अन्तिम पहुँच ८ अक्टोबर २०१६। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति